close

लगानीकर्ताको सहजीकरणका लागि एमआईएस र ओएसएस सिस्टम बनाउँदै लगानी बोर्ड

टेकपाना टेकपाना

जेठ ५, २०७९ १२:४५

लगानीकर्ताको सहजीकरणका लागि एमआईएस र ओएसएस सिस्टम बनाउँदै लगानी बोर्ड

काठमाडौं । लगानी बोर्डले लगानीकर्ताको सहजीकरणका लागि म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (एमआईएस) र वेबमा आधारित वन स्टप सर्भिस (ओएसएस) सञ्चालनमा ल्याउने भएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले बुधबार एक कार्यक्रमका बीच यसबारे जानकारी दिएका हुन् ।

यी सिस्टम विकास भइरहेको भन्दै उनले चाँडै नै कार्यान्वयनमा ल्याइने बताए । बुधबार नै प्रत्यक्ष वैदेशिक लगानी र व्यापार साझेदारी प्रवर्द्धनको समन्वयका लागि नबिल बैंक र लगानी बोर्डबीच समझदारीपत्रमा हस्ताक्षरसमेत सम्पन्न भएको थियो ।

समझदारी पत्रमा विशेषगरी विदेशी प्रत्यक्ष लगानी च्यानलिङ र दिगो वित्तीय अवसरहरूमा सहकार्य गर्ने कुरा उल्लेख छ ।

लगानी बोर्डले लगानीकर्ताहरूका लागि नेपालका सम्भावित परियोजनाहरूको विषयमा जानकारी प्रदान गर्ने, संयुक्त रूपमा लगानी प्रवर्द्धन सम्बन्धी कार्यक्रमहरू आयोजना गर्ने र विदेशी लगानीकर्ताहरूलाई नेपालमा लगानीका लागि आकर्षित गर्न समन्वय र सहकार्य गर्ने साे सम्झाैतामा उल्लेख छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२