close

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट यस्तो देखियो चन्द्रग्रहण

टेकपाना टेकपाना

जेठ ५, २०७९ १३:५७

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट यस्तो देखियो चन्द्रग्रहण

काठमाडौं । सोमबार पृथ्वीको धेरै भू-भागमा चन्द्रग्रहणले ढाकेको थियो, जसलाई पृथ्वीबाट धेरैले फोटोमा कैद गरे ।

यसपटक एक अन्तरिक्षयात्रीले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसस) बाट चन्द्रग्रहणको फोटो खिचेकी छन् । ‘ब्लड मुन’ नाम दिइएको चन्द्रग्रहण कूल ८५ मिनेटको थियो ।

इटालीकी अन्तरिक्षयात्री समान्था क्रिस्टोफर्टीले उक्त समयमा चन्द्रमालाई फाेटाेमा कैद गरेकी छन् ।

उनले खिचेको फोटाेमा तलको भागमा पृथ्वी र माथि ग्रहण लागेको चन्द्रमा देखिएको छ ।

यस्ता छन् चन्द्रग्रहणमा उनले खिचेका फोटो 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२