close

ईसेवाको नयाँ योजना- ‘बीमा शुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ’

टेकपाना टेकपाना

जेठ ५, २०७९ १७:४६

ईसेवाको नयाँ योजना- ‘बीमा शुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ’

काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक ईसेवाले ‘बीमा शुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ’ नामक योजना सार्वजनिक गरेको छ ।

बीमितहरुले घरमै बसेर बीमा शुल्क भुक्तानी गर्न प्रोत्साहन मिलोस् भन्ने उदेश्यले कम्पनीले यो योजना ल्याएकाे हाे ।

भदौ ५ गतेसम्म चल्ने योजनामा ईसेवाबाट कुनैपनि जीवन बीमा कम्पनीको बीमा शुल्क भुक्तानी गर्ने व्यक्तिमध्येबाट बम्पर उपहारमा एक जनाले एक लाख रुपैयाँ उपहार प्राप्त गर्नेछन् ।

यस्तै उपहार विजेता बीमितको बीमा एजेन्ट र सोही एजेन्टको शाखा कार्यालयले पनि रु. २०/२० हजार नगद उपहार प्राप्त गर्नेछन् ।

यसैगरी योजना सञ्चालन अवधिभर बीमा शुल्क भुक्तानी गर्नेमध्येबाट हरेक दिन एक जनाले गोलाप्रथामार्फत एक हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यो योजना नेपालमा सञ्चालिन सबै बीमा कम्पनीको शुल्क भुक्तानी गर्दा लागू हुने कम्पनीले जनाएकाे छ ।

ईसेवाले पछिल्ला दिनमा इन्स्याेरेन्सकाे प्रिमियम अनलाइनबाट भुक्तानी गर्न प्रोत्साहन गर्नका लागि विभिन्न अफर तथा योजना सञ्चालन गर्दै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२