close

दूरसञ्चार प्राधिकरणको बोर्ड सदस्यका लागि दरखास्त माग

टेकपाना टेकपाना

जेठ ५, २०७९ १८:१३

दूरसञ्चार प्राधिकरणको बोर्ड सदस्यका लागि दरखास्त माग

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणमा दुईजना बोर्ड सदस्यका लागि दरखास्त माग गरेको छ ।

बिहीबार एक सूचना प्रकाशित गर्दै मन्त्रालयले आउँदा जेठदेखि रिक्त हुने प्राधिकरण बोर्डको दुई सदस्य पदमा दरखास्त माग गरेको हाे ।

यसअघि गएको चैत १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालको संयोजकत्वमा प्राधिरणको बोर्ड सदस्य नियुक्तिका लागि सिफारिस समिति गठन गरेको थियो ।

सोही समितिले प्राधिकरणमा प्राविधि र लेखा तथा लेखापरीक्षण गरी दुई सदस्य नियुक्तिका लागि दरखास्त माग गरेको छ ।

३० वर्ष पूरा भई ६५ वर्ष ननाघेका व्यक्तिले सूचना प्रकाशित भएको २१ दिनभित्र आवेदन दिनसक्ने जनाइएको छ ।

यसका लागि कम्तीमा स्नातक तह उत्तीर्ण भएको र सम्बन्धित क्षेत्रमा सात वर्ष काम गरेको हुनुपर्ने जनाइएको छ । आउँदो जेठ १८ देखि प्राधिकरणका बोर्ड सदस्य चुडामणि चौलागाईँ र टेकनाथ आचार्यको समयावधि सकिँदैछ ।

nta-vacancy-notice

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२