close

स्विच अफ भएको आईफोन पनि ह्याक हुनसक्ने

टेकपाना टेकपाना

जेठ ५, २०७९ २१:३९

स्विच अफ भएको आईफोन पनि ह्याक हुनसक्ने

काठमाडौं । यदि तपाईंको आईफोनमा मालवेयर देखापर्‍यो भने के गर्नुहुन्छ ? पक्कै पनि सबैभन्दा पहिलो विकल्प भनेको मोबाइल स्विच अफ गर्नु हो । किनभने मालवेयरको सहायताले ह्याकरले तपाईंको मोबाइलमा रहेको महत्त्वपूर्ण जानकारीमाथि पहुँच बनाउन सक्छ ।

त्यो हिसाबले मोबाइल स्विच अफ गर्दा ह्याकरले पहुँच बनाउन सक्दैन भन्ने हामीलाई पर्छ । तर, आईफोनको हकमा मोबाइल स्विच अफ गर्दा पनि कुनै फरक नपर्ने अध्ययनले देखाएको छ ।

डार्मस्ट्एडको टेक्निकल युनिभर्सिटीका अनुसन्धानकर्ताले आईफोनमा नयाँ खालको मालवेयर फेला पारेका छन् । उनीहरूका अनुसार हाले देखापरेको मालवेयरमार्फत ह्याकरले आईफोन बन्द हुँदाको अवस्थामा पनि प्रयोगकर्ताको डेटामा सहजै पहुँच बनाउन सक्ने बताएका छन् ।

आईफोनले सन् २०१८ देखि आइफोनमा ‘लो पावर मोड’ उपलब्ध गराउँदै आएको छ । यो मोड उपलब्ध भएसँगै आईफोनमा एनएफसी, अल्ट्रा–वाइडब्याण्ड र ब्लुटुथ चिप स्विचअफ हुँदाको अवस्थामा पनि सक्रिय हुन्छन् ।

अझ आईओएस १५ बाट एक्सप्रेस कार्ड, कार की जस्ता फिचर जोडिएको छ । यी सबै फिचरले मोबाइल स्विचअफ हुँदा पनि ब्याग्राउण्डमा काम गरिरहेको हुन्छ ।

एप्पलले आईफोनमा उपलब्ध गराएको यही फिचरको फाइदा उठाउँदै ह्याकरले मोबाइलमा मालवेयर पठाउने र त्यसबाट प्रयोगकर्ताको मोबाइलमा पहुँच बनाउने गरेको बताइएको छ । जबसम्म मोबाइलको ब्याट्री सत प्रतिशत सकिँदैन तबसम्म यो मालवेयरले काम गर्ने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२