close

अब टेस्लाको सुपरचार्जर स्टेसनमा अन्य ब्राण्डका विद्युतीय गाडी चार्ज गर्न सकिने

टेकपाना टेकपाना

जेठ ६, २०७९ ११:५५

अब टेस्लाको सुपरचार्जर स्टेसनमा अन्य ब्राण्डका विद्युतीय गाडी चार्ज गर्न सकिने

काठमाडौं । अमेरिकी अटो निर्माता कम्पनी टेस्लाले आफ्नो सुपरचार्जर नेटवर्क अन्य विद्युतीय गाडीका लागि पनि खुला गरेको छ । कम्पनीले युरोपमा रहेको सुपरचार्जर नेटवर्कमा सबै विद्युतीय गाडीलाई खुला गर्ने योजना अघि सारेको छ ।

सोही योजना अन्तर्गत पहिलो चरणमा बिहिबारबाट युकेका केही सुपरचार्जर नेटवर्क सबैका लागि खुला गरेको हो । युकेमा रहेका १५ ओटा सुपरचार्जर स्टेसन हाल सबैका लागि खुला भएको छ । यो अन्य ब्राण्डका इलेक्ट्रिक गाडी प्रयोगकर्ताले टेस्ला एप डाउनलोड गरी सुपरचार्जर नेटवर्कको बारेमा जानकारी लिन सक्ने जनाइएको छ ।

पहिलो चरणमा खोलिएका यी चार्जिङ स्टेसनमा हुने भिडलाई अध्ययन गरी आगामी दिनमा कम्पनीले अन्य स्थानमा रहेको स्टेसन समेत सबैका लागि खुला गर्ने जनाएको छ । हाल टेस्लाका प्रयोगकर्तालाई सुपरचार्जर स्टेसनमा प्रति महिना १०.९९ युरो दरले शुल्क बुझाउनु पर्छ ।

अन्य ब्राण्डका इलेक्ट्रिक गाडीका प्रयोगकर्ताले भने प्रति किलोबाट ०.६० पेनीका दरले शुल्क बुझाउनु पर्ने जनाइएको छ । कम्पनीका अनुसार यो शुल्क स्टेसन अनुसार फरक पर्न सक्नेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२