close

वनप्लस स्मार्टफोन किन्न चाहनुहुन्छ ? यस्तो छ पछिल्लो मूल्य सूची

टेकपाना टेकपाना

जेठ ७, २०७९ ११:११

वनप्लस स्मार्टफोन किन्न चाहनुहुन्छ ? यस्तो छ पछिल्लो मूल्य सूची

काठमाडौं । नेपाली बजारमा चिनियाँ ब्राण्ड वनप्लसका विभिन्न मोडलका स्मार्टफोन उपलब्ध छन् । कम्पनीले विशेषगरी हाई-ईन्ड र मिडरेन्ज सेगमेन्टका स्मार्टफोन ल्याउने गर्छ ।

यद्यपि नेपाली बजारमा केही बजेट फोन उपलब्ध छन् । हाल कम्पनीले २३ हजार रुपैयाँदेखि एक लाख ३५ हजार रुपैयाँसम्मका फोन बिक्री गरिरहेको छ ।

केही साताअघि वनप्लसले नेपाली प्रयोगकर्ताका लागि नोर्ड सीई टु लाइट फाइभजी स्मार्टफोन सार्वजनिक गरेको थियो । यो फोनमा १२० हर्ज रिफ्रेसरेट सहित ६.५९ ईन्चको आईपीएस एलसीडी डिस्प्ले छ ।

स्न्यापड्रागन ६९५ चिपसेट रहेको फोन अक्सिजन ओएस १२.१ मा आधारित एन्ड्रोइड १२ मा चल्छ । नेपालमा यो फोन ८ जीबी र्‍याम र १२८ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध छ ।

फोनमा ६४ मेगापिक्सेलको मुख्य क्यामेरा, २, २ मेगापिक्सेलको म्याक्रो क्यामेरा र डेप्थ सेन्सर रहेका छन् । सेल्फी पारखीका लागि १६ मेगापिक्सेलको क्यामेरा दिइएको छ ।

त्यस्तै कम्पनीले ३३ वाट सुपरभोक फास्ट चार्जिङ सहित ५००० एमएएचको ब्याट्री दिएको छ ।

यसैबीच हामीले नेपाली बजारमा उपलब्ध वनप्लस स्मार्टफोनहरूको पछिल्लो मूल्यसूची प्रस्तुत गरेका छौं ।

ModelPrice (Rs.)
OnePlus Nord 2 5G (8GB/128GB)59,999/-
OnePlus Nord 2 5G (12GB/256GB)69,999/-
OnePlus Nord 2T (12GB/256GB)74,999/-
OnePlus 2T 5G (8GB/128GB)64,999/-
OnePlus 2T 5G (12GB/256GB)74,999/-
OnePlus 7 (8GB/256GB)67,000/-
OnePlus 7 Pro (6GB/128GB)75,000/-
OnePlus 7 Pro (8GB/256GB)90,000/-
OnePlus 7 Pro (12GB/256GB)99,000/-
OnePlus 7T (8GB/128GB)67,000/-
OnePlus 7T Pro (8GB/256GB)92,000/-
OnePlus Nord (8GB/128GB)53,999/-
Oneplus 8 (12Gb/256GB)93,000/-
OnePlus 8T (8GB/128GB)78,999/-
OnePlus 8T (12GB/256GB)85,999/-
OnePlus 8 Pro (8GB/128GB)1,10,000/-
OnePlus 8 Pro (12GB/256GB)1,25,000/-
OnePlus 9 (12GB/256GB)102,999/-
OnePlus 9 5G (12GB/256GB)105,000/-
OnePlus 9 Pro (8GB/256GB)119,990/-
OnePlus 9 Pro (8GB/256GB)129,000/-
OnePlus 9 Pro (12GB/256GB)129,999/-
OnePlus 10 Pro (12GB/256GB)135,000/-
OnePlus Nord CE2 Lite(8GB/128GB)39,999/-
OnePlus Nord CE2 (8GB/128GB)47,499/-
OnePlus Nord CE 5G (12GB/256GB)51,499/-
OnePlus Nord 100 (4GB/64GB)22,999/-
OnePlus Nord N10 5G  (6GB/128GB)39,499/-
OnePlus Nord N100 (4GB/64GB)22,999/-
OnePlus Nord CE 5G (8GB/128GB)47,500/-
OnePlus CE 5G (12GB/256GB)51,499/-
OnePlus Nord CE 5G (12GB/256GB)51,499/-

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२