close

चार्जर उपलब्ध नगराएको भन्दै सामसङलाई कारबाही गर्ने तयारी

टेकपाना टेकपाना

जेठ ७, २०७९ १२:१०

चार्जर उपलब्ध नगराएको भन्दै सामसङलाई कारबाही गर्ने तयारी

काठमाडौं । सामसङले आफ्नो फ्ल्यागशिप फोनको रिटेल प्याकेजहरूबाट चार्जर हटाएको भन्दै ब्राजिलका उपभोक्ता समूहहरूले कम्पनीविरुद्ध कानूनी कारबाही सुरु गरेका छन् ।

यसअघि ब्राजिलको अदालतले एप्पललाई पनि आईफोन १२ मा चार्जर उपलब्ध नगराएको भन्दै जरिवाना तिराउने निर्णय लिएको थियो ।

सामसङले गत वर्षदेखि ग्यालेक्सी एस२१ को आफ्नो फ्ल्यागशिप सिरिजका स्मार्टफोनमा चार्जर उपलब्ध गराउन बन्द गरेको थियो ।

सामसङ र एप्पल दुवैले यसो गर्नुमा वातावरणीय कारण देखाउँदै आएका छन् । तर कम्पनीहरुको यो निर्णयले ग्राहक भने खुसी छैनन् ।

ब्राजिलको न्याय मन्त्रालयका अनुसार ९०० भन्दा बढी उपभोक्तासम्बन्धी विभागहरूले सामसङ र एप्पलविरुद्ध कानूनी कारबाही गर्नसक्छन् ।

यी विभागको प्रस्तावअनुसार कम्पनीहरूलाई प्रतिबन्ध लगाउनुअगाडि नै कम्पनीहरूले आफ्नो निर्णय परिवर्तन गर्नुपर्नेछ ।

ब्राजिलले यसअघि नै सोही विषयलाई लिएर जरिवाना पनि तिराइसकेको छ । सामसङले हाल आफ्ना फ्ल्यागशिप फोनबाहेक अन्य मोडेलका फोनमा भने चार्जर उपलब्ध गराउँदै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२