close

आँखा नदेख्नेहरूका लागि ब्रेल डिस्प्ले ल्याउँदै गुगल

टेकपाना टेकपाना

जेठ ७, २०७९ १५:१

आँखा नदेख्नेहरूका लागि ब्रेल डिस्प्ले ल्याउँदै गुगल

काठमाडौं । एन्ड्रोइडमा पहिलेदेखि नै ब्रेल डिस्प्ले (आँखा नदेख्नेहरूले छामेर लेख्न टाइप गर्नसक्ने प्रविधि) सुविधा थियो । तर यसका लागि प्रयोगकर्ताले अर्को एप डाउनलोड गर्नुपर्ने हुन्थ्यो ।

यद्यपि अब भने एन्ड्रोइड १३ को अपडेटसँगै आँखा नदेख्ने प्रयोगकर्ताले डिफल्ट रुपमा नै ब्रेल डिस्प्ले प्रयोग गर्न सक्नेछन् । एन्ड्रोइड १३ मा उपलब्ध ‘टकब्याक’ फिचरको प्रयोग गरेर प्रयोगकर्ताले अन्य किबोर्डजस्तै गरी ब्रेल डिस्प्ले प्रयोग गर्न सक्नेछन् ।

यसमा केही शर्टकट कीहरू पनि हुनेछन्, जसले विभिन्न सन्देश सहजै पठाउन सहयोग गर्नेछ । नयाँ शर्टकट कीहरू विशेष रूपमा ब्रेल डिस्प्लेहरूमा लक्षित छन्, जस्तै कागजातमा अर्को लाइनमा शिफ्ट हुने वा कुनै वाक्य र शब्द कपी गर्ने ।

केही हप्तामा नै यो फिचर उपलब्ध हुने कम्पनीको भनाइ छ । यो फिचरले आँखा नदेख्ने प्रयोगकर्ताले फोन प्रयोग गर्न कुनै आवाजको प्रयोग गर्न नपर्ने र भौतिक ब्रेल प्रयोग गरेजस्तै प्रयोग गर्न मद्दत पुग्ने कम्पनीको विश्वास छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२