close

अब ह्वाट्सएपबाटै व्यवसाय चलाउन सकिने, सबैका लागि खुला भयो क्लाउड एपीआई

टेकपाना टेकपाना

जेठ ७, २०७९ १६:४

अब ह्वाट्सएपबाटै व्यवसाय चलाउन सकिने, सबैका लागि खुला भयो क्लाउड एपीआई

काठमाडाैं । ह्वाट्सएपले प्रभावकारी सञ्चारका लागि सबै व्यवसायहरूमा क्लाउड एपीआई खुल्ला गरेको छ । बेटा टेस्टिङका लागि नोभेम्बर २०२१ मा रिलिज भएको ह्वाट्सएप क्लाउड एपीआई बिहीवारदेखि सबै बिजनेस र डेभलपरका लागि खुल्ला गरिएको हो ।

मेटाका सीईओ मार्क जुकरबर्गले यसले व्यवसायी र डेभलपरहरुलाई आफ्नो एक्स्पेरियन्स कस्टमाइज गर्न र ग्राहकसँग छिटो र सजिलोसँग प्रतिक्रिया गर्न सघाउने कुरा बताएका छन् ।

ह्वाट्सएप एपीआई पहिले नै उपलब्ध भएपनि यसलाई प्रयोग गर्न निकै अप्ठ्याराे थियो । क्लाउड होस्टेड ह्वाट्सएप एपीआई भर्सनले यस्ता सबै जटिलता हटाउने र साना ठूला सबै आकारका व्यवसायहरू केही मिनेटमै सेटअप गर्न सकिने कुरा कम्पनीले बताएकाे छ ।

ह्वाट्सएप क्लाउड एपीआई कम्पनीको डेभलपर टुल, ह्वाट्सएप बिजनेस एपीआईको क्लाउड-आधारित भर्सन हो । यसबाट  संसारका जुनसुकै ठाउँमा रहेका सबै आकारका व्यवसायहरूले लाभ लिनसक्ने कम्पनीकाे भनाइ छ ।

यसले अझ थप फिचरका साथ महँगो सर्भरको खर्चलाई पनि कम गर्नेछ । २०१८ मा लन्च गरिएको ह्वाट्सएप बिजनेस एपले साना व्यवसायहरूलाई ह्वाट्सएपमार्फत आफ्नो उपस्थिति जनाउन र ग्राहकसँग जोडिन मद्दत पुर्‍यायाे ।

त्यही ह्वाट्सएप बिजनेस एपको प्रिमियम सेवाको एक भागको रूपमा यो सुविधा प्रस्ताव गर्ने योजना बनाएको कुरा कम्पनीले बतायो ।

कम्पनीले मेटाका अन्य एप्लिकेसनहरु फेसबुक र इन्स्टाग्राममा जस्तै नयाँ कस्टमाइज गर्न सकिने ह्वाट्सएप क्लिक-टु-च्याट लिङ्कहरू पनि प्रदान गर्नेछ, जसले व्यवसायहरूलाई उनीहरूको अनलाइन उपस्थितिमा ग्राहकहरूलाई आकर्षित गर्न मद्दत गर्दछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२