close

टिकटकमा गालीगलौज र अश्लील कमेन्ट आयो ? यसरी गर्नुहोस् फिल्टर

टेकपाना टेकपाना

जेठ ७, २०७९ १८:१३

टिकटकमा गालीगलौज र अश्लील कमेन्ट आयो ? यसरी गर्नुहोस् फिल्टर

काठमाडौं । टिकटक एक शर्ट भिडिओ शेयरिङ प्लेटफर्म हो । यसका माध्यमबाट प्रयोगकर्ताले छोटाे समयका कन्टेन्ट (भिडिओ सामग्री) अपलोड गर्न सक्छन् ।

टिकटकमा अपलोड हुने हरेक भिडिओमा सबैजसो प्रयोगकर्ताको समान पहुँच हुनेगर्छ । कतिपय प्रयोगकर्ताले अपलोड गरेका भिडिओमा कसैले कमेन्ट गर्न नसकोस् भन्ने हेतुले कमेन्ट नै डिसेबल गरेका हुन्छन् ।

आज हामी कन्टेन्टमा आएका अनावश्यक वा नकारात्मक कमेन्टहरू कसरी फिल्टर गर्ने भन्ने विषयमा चर्चा गर्छौं ।

टिकटकमा कतिपय प्रयोगकर्ताले छोटो समयमा चर्चा पाउने हिसाबले अन्य प्रयोगकर्ताको पोस्टमा नकारात्मक कमेन्ट गर्ने गरेको पाइन्छ । वा कतिपय अवस्थामा मानिसहरू विवादित हुँदा फेसबुक, इन्स्टा, ट्वीटर वा टिकटकमा नकारात्मक प्रतिक्रियाका वर्षात लगाउन सुरु गर्छन् ।

यदि तपाईंले पनि आफ्नो टिकटक भिडिओमा त्यस्ता कमेन्टहरू आउने गरेको पाउनु भएको छ बने त्यस्ता कमेन्टलाई तल उल्लेखित विविध प्रक्रियाबाट फिल्टर गर्न सकिन्छ ।

  • टिकटक एपमा प्रयोगकर्तालाई नकारात्मक असर गर्ने, धम्काउने, स्पाम फैलाउने वा होच्याउने किसिमका कमेन्टहरू पत्ता लगाइ त्यस्ता कमेन्टबाट डिफल्ट रूपमा नै फिल्टर गर्ने फिचर हुन्छ ।
  • त्यसबाहेक स्थानिय भाडामा आउने स्पाम, गालीगलौज, धम्की वा आपत्तिजनक कमेन्ट फिल्टर गर्ने?
  • त्यसका लागि सबैभन्दा पहिले टिकटक एपमा जानुहोस् ।
  • त्यसपछि तलपट् बायाँतर्फ रहेको प्रोफाइलको आइकनमा ट्याप गर्नुहोस् ।
  • त्यसपछि त्यहाँ तपाईंको अकाउन्टको टाइमलाइन देखिन्छ । त्यसको माथिपट्टि रहेको बायाँतर्फ तीनवटा लाइनमा ट्याप गर्नुहोस् ।
  • त्यहाँ तलपट्टि अर्को सेक्सन खुल्छ, जसको दोस्रो विकल्पमा भएको सेटिङ एन्ड प्राइभेसीमा ट्याप गर्नुहोस् ।
  • त्यसपछि प्राइभेसी लेखेको अप्सनमा ट्याप गर्नुहोस् । त्यहाँ गइसकेपछि तपाईंले विविध अप्सन देख्न सक्नुहुन्छ ।
  • त्यहाँ देखिएको कमेन्ट भन्ने अप्सनमा ट्याप गर्नुहोस् । त्यहाँ गइसकेपछि कसलाई कसलाई भिडिओमा कमेन्ट गर्न अनुमति दिने भन्ने कुरा छान्न सकिन्छ । त्यस्तै त्यसको तल कमेन्ट फिल्टर भन्ने सेक्सन देख्न सक्नुहुन्छ ।
  • त्यसमा रहेको फिल्टर अल कमेन्ट्स भन्ने अप्सनलाई अन गर्नुहोस् ।
  • त्यसको तल फिल्टर स्पाम एन्ड अफेन्सिभ कमेन्ट्स भन्ने अप्सन देख्न सक्नुहुन्छ । त्यसलाई पनि अन गर्नुहोस् ।
  • त्यस्तै फिल्टर कमेन्ट सेक्सनको अन्तिममा फिल्टर कीवर्ड्स भन्ने अप्सन देख्न सक्नुहुन्छ । त्यो अप्सनलाई इनेबल गर्नुहोस् । फिल्टर किवोर्ड इनेबल गरिसकेपछि तपाईंले तल ‘एड किवोर्ड’ भन्ने अप्सन देख्न सक्नुहुन्छ । त्यहाँ तपाईंले आफ्नो कन्टेन्टमा कस्ता नकारात्मक शब्दहरू वा गालीगलौज आउँछन्, तिनलाई पहिचान गरी किवोर्डमा राख्न सक्नुहुन्छ ।

यति गरेको खण्डमा तपाईम केही टिकटक प्रयोगकर्ताबाट आउने आपत्तिजनक कमेन्ट, धम्की, गालीगलौज वा स्पाम कमेन्टबाट छुटकरा पाउन सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२