close

समुन्द्र सतहमा बिछ्याइएको इन्टरनेट केबलले भूकम्प र सुनामी पहिचान गर्नसक्ने

टेकपाना टेकपाना

जेठ ८, २०७९ ११:५०

समुन्द्र सतहमा बिछ्याइएको इन्टरनेट केबलले भूकम्प र सुनामी पहिचान गर्नसक्ने

काठमाडौ । समुन्द्रभित्र बिछ्याइएको इन्टरनेट केबल भूकम्प पत्ता लगाउन प्रयोगमा ल्याउन सकिने देखिएको छ । बेलायतको नेसनल फिजिकल ल्याबाेरेटरी (एनपीएल) ले गरेको एक अध्ययनले भूकम्पका साथै सुनामी पहिचानका लागि यस्ताे केबल उपयुक्त हुने औंल्याएको हो ।

यसका लागि वैज्ञानिकहरुले बेलायत र क्यानडाबीचमा बिछ्याइएको फाइबर लिंकमा अध्ययन गरेका थिए । अध्ययनमा गुगल, ब्रिटिश जियोलजिकल सर्भे लगायतका संस्था पनि सहभागी थिए ।

उक्त अध्ययन प्रतिवेदन ‘साइन्स म्यागजित’ मा प्रकाशित भएको छ । प्रतिवेदन अनुसार पाँच हजार ८६० किलोमिटरमा लामो फाइबरमा भएको परीक्षणले समुन्द्र सतहमा आएको भूकम्प र सुनामी पहिचान गर्न सफल भएको बताइएको छ ।

त्यतिमात्रै नभएर जलवायु परिवर्तनका कारण समुन्द्रमा आउने परिवर्तनलाई समेत फाइबरमार्फत पहिचान गर्न सकिने जनाइएको छ ।

त्यसका लागि वैज्ञानिकहरुले केबललाई रिपिटर डिभाइसमा रोखेर परीक्षण गरेका थिए । जुन प्रभावकारी भएको जनाइएको छ । यो प्रक्रियालाई ठूलाे मात्रामा रहेको फाइबर लिंकमा प्रयोग गर्न सकिने उनीहरुको दावी छ ।

त्यो भएको खण्डमा भूकम्प, सुमन्द्रको करेन्ट लगायतका धेरै विषय पत्ता लगाउन सकिन्छ । अध्ययनले समुन्द्रको सतहमा कुनै मनिटरिङ सिस्टमा राखेर मापन गर्ने प्रक्रिया महंगो पर्न देखाएको छ ।

त्यसको विकल्पमा हाल बिछ्याइएको फाइब लिंक सबैभन्दा उपयुक्त माध्ययम हो । हालसम्म विश्वमा १.३ मिलियन किलोमिटर समुन्द्र सतहमा फाइनर लिंक बिछ्याइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२