close

गुगल च्याटमा अब फिशिङ आक्रमणको चेतावनी आउने

टेकपाना टेकपाना

जेठ ८, २०७९ १४:४७

गुगल च्याटमा अब फिशिङ आक्रमणको चेतावनी आउने

काठमाडौं । गुगल च्याटले अब प्रयोगकर्तालाई फिशिङ आक्रमणको चेतावनी दिने भएको छ । गुगलले ह्याङआउटलाई प्रतिस्थापन गर्दै च्याट सुरु गरेको थियो ।

यही गुगल च्याटमा अब व्यक्तिगत खाताबाट आउने सम्भावित फिशिङ र मालवेयर आक्रमणविरुद्ध चेतावनी दिने ब्यानर अथवा स्क्रिनमा चेतावनी सन्देश देखिनेछ ।

गुगल च्याटमा हुनसक्ने सम्भावित फिशिङ आक्रमणलाई रोक्नका लागि गुगलले यो फिचर उपलब्ध गराउन लागेको हो ।

हालै सम्पन्न भएको कम्पनीको डेभलपर्स कन्फ्रेस ‘गुगल आई/ओ’ को क्रममा गुगलले प्रयोगकर्ताको सुरक्षा बढाउनका लागि लागू गरेको धेरै सुरक्षा उपायबारे छलफल गरेको थियो ।

यसरी आउने चेतावनीमा समस्यालाई कसरी समाधान गर्न सकिन्छ भनेर विभिन्न सुझावहरू पनि दिइनेछ । गुगलको यो नयाँ फिचर सुरुमा जिमेलको वर्कस्पेसमा देखापरेको छ ।

उक्त सन्देशमा प्रयोगकर्तालाई कुनै फिशिङ म्यासेज आएको भनेर चेतावनी दिइएको छ । यो नयाँ फिचर केही हप्तामा नै सबै प्रयोगकर्ताको लागि उपलब्ध हुने अनुमान गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२