close

डिजिटल अर्थतन्त्र र आविष्कारको भविष्यलाई लिएर छलफल सुरु

टेकपाना टेकपाना

जेठ ८, २०७९ १५:४१

डिजिटल अर्थतन्त्र र आविष्कारको भविष्यलाई लिएर छलफल सुरु

काठमाडौं । डिजिटल अर्थतन्त्र र डिजिटल आविष्कारको भविष्यका विषयमा छलफल सुरु भएको छ । ह्वावे र आसियान फाउन्डेसनको सहकार्यमा सिंगापुरस्थित ‘एप्याक डिजिटल इनोभेसन कंग्रेस २०२२’ कार्यक्रममा १० देशका १५ सय बढीकाे सहभागिता रहेकाे छ ।

आईसीटी क्षेत्रमा भइरहेको प्रगति, उद्योगमा भइरहेको डिजिटल रूपान्तरण तथा कार्बन खपतलाई कसरी कम गर्ने भन्ने विषयमा छलफल भइरहेको ह्रवावेले जनाएकाे छ ।

‘एसिया प्रसान्त विश्वमा सांस्कृतिक र आर्थिक रुपमा जीवन्त छ,’ ह्वावेका रोटेटिङ अध्यक्ष केन हुले भने, ‘यो क्षेत्रले विश्वको आर्थिक विकासमा ठूलो योगदान पुर्‍याउँदै आएको छ । अहिले आएर डिजिटल इनोभेसनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छौं ।’

एसिया प्यासिफिक (एप्याक) मा ह्वावेले लामो समयदेखि काम गर्दै आएको बताउँदै उनले याे क्षेत्रमा डिजिटल विकासका लागि महत्त्वपूर्ण भूमिका खेलेकाे विचार व्यक्त गरे ।

‘आगामी दिन ह्वावेले इनोभेसनमा थप लगानी गर्दै हाम्रा पार्टनरहरूलाई स्ट्राटेजिक गोल प्राप्त गर्न मद्दत गर्नेछ । सन् २०२२ मा हामीले ग्रिन र डिजिटल एप्याकका लागि थप लगानी गर्नेछौ ।’

कार्यक्रममा बोल्दै आसियानका कार्यकारी निर्देशक याङ मी इङले भने, ‘समावेशी र डिजिटल एसिया निर्माणका लागि डिजिलट क्षेत्रमा काम गर्ने प्रतिभाशाली टोलीको आवश्यक रहेको छ । त्यसका लागि यो एउटा महत्वपूर्ण कार्यक्रम सावित हुनेछ । यसले एसिया प्रशान्तमा रहेको डिजिटल ट्यालेन्टको कमीलाई पुरा गर्न समेत मद्दत पुर्‍याउने छ ।’

आसियन इकोनोमी कम्युनिटीका उपसचिव सत्तभिन्दर सिंहले महामारीका कारण डिजिटल इन्फरमेशनमा आएको परिवर्तनलाई औंल्याएका छन् ।

उनले भने, ‘कोभिड–१९ पश्चातमात्रै ६० करोडभन्दा बढी नयाँ डिजिटल ग्राहक थपिएका छन्, जसले आसियानलाई विश्वको तेस्रो ठूलो इन्टरनेट प्रयोगकर्ता भएको क्षेत्रको रुपमा स्थापित गर्न सफल भएको छ । यो हिसाबले सन् २०२५ सम्म आसियानको डिजिटल आम्दानी तीन खर्ब ६३ अर्ब अमेरिकी डलर हुनेछ ।’

त्यस्तै थाइल्याण्डका डिजिटल इकोनोमी एण्ड सोसाइटी मन्त्रालयका सचिव अजरीन पटनापञ्चाईले थाइल्याण्ड आसियान डिजिटल मास्टरप्लान २०२५ पुरा गर्न सँधै तत्पर रहेको बताए ।

कार्यक्रममा ह्वावेका एशिया प्यासिफिक रिजनका अध्यक्ष सिमान लीले ह्वावले एप्याकका लागि ‘ईन एशिया प्यासिफिक, फर एशिया प्यासिफिक’ को मिसन अघि बढाएको उल्लेख गरे ।

यसअन्तर्गत यसमा ह्वावेले सबैभन्दा महत्वपूर्ण भूमिका खेल्नेछ । उनका अनुसार ह्वावेले एशिया प्रशान्तमा हालसम्म ९० करोड घरधुरीमा कनेक्टीभिटी र १ अर्ब भन्दा बढी मोबाइल प्रयोगकर्तालाई जोडिरहेको छ ।

क्लाउडको बजारमा ह्वावे एसिया प्यासिफिक क्षेत्रमा चौंथो स्थानमा रहेको छ । जसमा हालसम्म १० हजारभन्दा बढी इन्टरप्राइज तथा पार्टनर जोडिएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२