close

यसकारण विन्डोज ११ अपग्रेड गर्न नहतारिनुहोस्

टेकपाना टेकपाना

जेठ ८, २०७९ १६:१६

यसकारण विन्डोज ११ अपग्रेड गर्न नहतारिनुहोस्

काठमाडौं । तपाईंले कुनै पनि उत्पादन प्रयोग गरिरहनु भएको छ भने जहिले पनि त्यसको परिस्कृत स्वरूप प्रयोग गर्न मन लाग्छ । उदाहरणका लागि यदि कुनैबेला तपाईंले विन्डोज ७ प्रयोग गर्नुभएको थियो भने त्यसपछि विन्डोज ८ प्रयोग गर्नुभएको हुनसक्छ ।

त्यस्तै जुनसुकै उत्पादनको पनि अपग्रेडेड भर्जन प्रयोग गर्ने सबैको चाहना हुनेगर्छ । तर, विन्डोज ११ का लागि यो चाहना उस्तै नहुनसक्छ ।

यदि तपाईं आफूले प्रयोग गरिरहेको विन्डोजमा सन्तुष्ट हुनुहुन्छ भने विन्डोज ११ मा अपग्रेड गर्ने कष्ट नगर्नुहुन हामी सुझाव दिन्छौं ।

तपाईंले आफ्ना विविध आवश्यकता पूरा गर्न विन्डोज ११ मा अपग्रेड गर्ने सोच बनाइरहनु भएको हुनसक्छ । तपाईंले प्रयोग गरिरहेको कुनै पनि विन्डोजबाट विन्डोज ११ मा अपग्रेड किन गर्नुहुन्न भन्ने कुरा तल उल्लेख गरेका छौं ।

विन्डोज ११ प्रयोग गर्न तपाईंले नयाँ पीसी किन्नुपर्ने हुनसक्छ

विन्डोज ११ मा पीसी अपग्रेड गर्नका लागि केही नयाँ हार्डवेयर विशेषता आवश्यक पर्ने गर्छन् । तपाईंले जुन हार्डवेयर भएको कम्प्युटर प्रयोग गरिरहनु भएको छ, त्यसमा विन्डोज ११ अपग्रेड नहुनसक्छ ।

त्यसैले विन्डोज ११ अनुभव गर्नका लागि भएपनि तपाईंले नयाँ कम्प्युटर किन्ने सोच बनाइरहनु भएको छ भने तत्काल त्याग्नुहाेस् ।जुन पछि गएर तपाईंका आवश्यकता पूरा हुन नसक्दा तपाईंलाई पछुतो लाग्नसक्छ ।

यदि तपाईंको पीसी ३२-बिट प्रोसेसरको छ भने यो अपरेटिङ सिस्टम इन्स्टल हुँदैन । यसका लागि ६४-बिट इन्टेल/एएमडी र आर्म चिप्स आवश्यक पर्नेगर्छ ।

जुन फिचरहरू तपाईं आफूले प्रयोग गरिरहेको विन्डोजमा पाउनुभएको छ, त्यही फिचर र सहजताका लागि नयाँ पीसी किन्नु खर्चिलो मात्र हुनसक्छ ।

विन्डोज १० को टाक्सबार निकै उत्कृष्ट छ

विन्डोज १० मा तपाईंले फराकिलो र धेरै जानकारी भएको टास्कबार देख्न सक्नुहुन्छ । त्यस्तै विन्डोज १० मा तपाईंले टास्कबारलाई छेउमा वा माथि जता पनि सार्न सक्नुहुन्छ ।

तर, तपाईंले विन्डोज ११ मा भने यो देख्न सक्नुहुन्न । त्यस्तै विन्डोज १० मा ईन्ट्रीहरू सधैँ उही ठाउँमा हुने गर्छन् । तर विन्डोज ११ मा भने तपाईंले यी सबै कुरा परिवर्तन भइरहन्छन् ।

जसले गर्दा तपाईंले प्रयोग गरिरहेको भन्दा भिन्नै अनुभव हुनसक्छ । तपाईंले विन्डोज ११ मा भने टास्कबारलाई दायाँपट्टि सार्न सक्नुहुन्छ ।

त्यस्तै तपाईंले विन्डोज ११ मा भएको टास्कबारको क्यालेन्डरमा केही एड गर्न वा इभेन्टहरू हेर्न सक्नुहुन्न, जुन विन्डोज १० मा सहजै हेर्न सकिन्छ ।

विन्डोज १० मा तपाईंले कुनै पनि फाइल टास्कबारमा ड्रप एण्ड ड्रयाग गर्न सक्नुहुन्छ । तर, तपाईंले विन्डोज ११ मा यो फिचर देख्न सक्नुहुन्न ।

विन्डोज १० को स्टार्ट मेनु आकर्षक छ

विन्डोज ११ को स्टार्ट मेनुमा भर्खरै इन्स्टल गरेका वा धरै प्रयोग गरिरहेका एपहरू देखिँदैनन् । विन्डोज ११ मा रिकमेन्डेड एपको सेक्सन छुट्टाइएको हुन्छ । तर, विन्डोज १० को स्टार्ट मेनुमा देखिने फिचरले त्यसलाई विस्थापित गरिदिएको अनुभव हुनसक्छ ।

विन्डोज ११ मा सधैं सर्च बक्स उपलब्ध नहुनसक्छ

विन्डोज ११ मा तपाईंले टास्कबार आइकन प्रेस गरेर वा विन्डोज की प्रेस गरेर सर्च बक्स खोल्न सक्नुहुन्छ ।

तर, सबै समयमा सोही ठाउँमा सर्च बक्स नदेखिन सक्छ । यसले गर्दा तपाईंको रूचि पुनः विन्डोज १० वा ८ तिर हुनसक्छ । विन्डोज १० मा भने स्टार्ट बक्सको छेउमा सर्च बार रहेको हुन्छ ।

विन्डोज ११ मा माइक्रोसफ्ट अकाउन्टमा साइनअप गरिरहन आवश्यक पर्छ

एप्पल अकाउन्ट साइनअप नगर्ने म्याक प्रयोगकर्ता, गुगल अकाउन्ट प्रयोग गरी एन्ड्रोइड वा क्रोमबुकमा साइनअप नगर्ने प्रयोगकर्ता कमै देख्न सकिन्छ वा भनौं देखिँदैनन् भन्दा पनि फरक नपर्दा ।

तर, केही विन्डोज प्रयोगकर्ताले भने माइक्रोसफ्ट अकाउन्ट प्रयोग नगरी पनि विन्डोज साइनअप नगरी प्रयोग गर्न सक्छन् ।

यदि तपाईं त्यही वर्गभित्र पर्नुहुन्छ भने तपाईंलाई विन्डोज ११ उपयुक्त नहुनसक्छ । त्यसका लागि तपाईंले माइक्रोसफ्ट अकाउन्ट प्रयोग गरी साइनअप गर्नुपर्ने हुन्छ ।

विन्डोज ११ को होम भर्जनमा सेटअप गर्न साइनअप गर्नुपर्ने हुन्छ । त्यसपछि तपाईंले साधारण प्रयोगका लागि लोकल अकाउन्ट प्रयोग गर्न सक्नुहुन्छ ।

तपाईंले माइक्रोसफ्ट अकाउन्टले साइनअप गरिसकेपछि त्यसका विभिन्न फिचरहरू जस्तै वनड्राइभ ब्याकअप, स्टोर एप, एक्सबक्स गेम्स, एन्ड्रोइड फोनलाई पीसीमा जोड्ने फिचर उपयोग गर्न सक्नुहुन्छ ।

विन्डोज ११ मा एक्सन सेन्टर छैन

तपाईंले विन्डोज १० को स्पिकर आइकनमा क्लिक गरेर साउन्ड एडजस्ट गर्न सक्नुहुन्छ, वाई-फाईको अप्सनमा क्किक गरेर वाई-फाई चेन्ज गर्न वा ब्याट्रीको आइकनमा क्लिक गरेर ब्याट्रीको चार्जबारे जानकारी पाउन सकिन्छ ।

तर, विन्डोज ११ मा भने तपाईंले कुनै एक आइकनमा क्लिक गर्नुभयो भने त्यसबाहेक अन्य अप्सन पनि देखिन्छन् । जसले गर्दा तपाईंलाई त्यो ग्रुपिङ मन नपर्न सक्छ ।

माइक्रोसफ्टले अक्टोबर २०२५ सम्ममा मात्र विन्डोज १० सपोर्ट गर्ने बताएको छ । त्यसका लागि पनि तपाईंले विन्डोज ११ मा अपग्रेड गरिरहने सोच बनाई रहनुभएको छ वा कतिपयले अपडेट गरी सक्नुभएको हुनसक्छ ।

माइक्रोसफ्टले विन्डोज १० बन्द गर्ने समय धेरै पछि भएकाले तपाईंले त्यही बेला अपग्रेड गर्ने योजना बनाउन सक्नुहुन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२