close

पुरानो, खुइलिएको वा च्यातिएको फोटोलाई सपारी दिने मोबाइल एप, यसरी गर्नुहोस् प्रयोग

टेकपाना टेकपाना

जेठ ८, २०७९ १७:१०

पुरानो, खुइलिएको वा च्यातिएको फोटोलाई सपारी दिने मोबाइल एप, यसरी गर्नुहोस् प्रयोग

काठमाडौं । तपाईँले हामीले आफ्नो साथमा १०-१५ वर्ष पुराना फोटोहरू राखेका हुन्छौँ । तर यससँगै त्यस्ता फोटोहरू खराब हुन थाल्छन् । यस क्रममा त्यस्ता फोटोको रङ्ग र चमक हराउन थाल्छ र पहिले जस्तो देखिन छोड्छ ।

तर एउटा यस्तो एप छ, जसले केही मिनेटमै तपाईँसँग भएको पुरानो फोटोको स्पष्टता र चमकता बढाउँछ र पहिले जस्तै देखाउँछ । यसबाट तपाईँ पुरानो फोटोलाई नयाँ बनाएर आफ्नो मोबाइल तथा कम्प्युटरमा सेभ गर्नुका साथै सामाजिक सञ्जालमा शेयर गर्न समेत सक्नुहुन्छ ।

आज हामी तपाईँलाई सोही एपको बारेमा चर्चा  गर्दै छौँ । त्यस्तो एपको नाम हो पिक्सलप (Pixlup) ।

यो एपको सहयोगमा तपाईँले सहजै पुराना तस्वीरलाई मिनेटभरमा ठिकठाक पार्न सक्नुहुन्छ र फोटोमा आएका कुनै पनि खराबीलाई धेरै हदसम्म सुधार गर्न सक्नुहुन्छ । तर तपाईँले यो एपको निःशुल्क भर्सनबाट दिनमा १० ओटा तस्वीर मात्रै तयार पार्न सक्नुहुनेछ ।

कसरी प्रयोग गर्ने ?

१. यो एप प्रयोग गर्न सबैभन्दा पहिला एन्ड्रोइड फोनमा यहाँ क्लिक गरी पिक्सलप एप डाउनलोड गर्नुहोस् ।

२. एप डाउनलोड गरिसकेपछि त्यसलाई खोल्नुहोस् र प्लस (+) बटनमा ट्याप गर्नुहोस् ।

३. त्यसपछि तपाईँले दुई ओटा विकल्प देख्न सक्नुहुनेछ, ‘स्क्यान योर फोटो’ र ‘चुज फ्रम ग्यालरी’ । यसमा पहिलो विकल्पबाट तपाईँले आफ्नो साथमा भौतिक रुपमा उपलब्ध फोटोलाई स्क्यान गरी त्यसलाई सुधार गर्न सक्नुहुन्छ भने दोस्रो विकल्पबाट ग्यालरीमा भएको पुरानो फोटोलाई ठीकठाक पार्न सक्नुहुन्छ ।

४. फोटो क्यामेराको स्क्यानरमा लोड भएपछि त्यसलाई चाहिने जति भाग मात्र रहने गरी मिलाउनुहोस् र दायाँ कुनामा रहेको ‘डन’ (Done) बटनमा थिच्नुहोस् ।

५. यति गरिसकेपछि तपाईँले मोबाइलको स्क्रिनको तल्लो भागमा विभिन्न अप्सन देख्न सक्नुहुन्छ । त्यसबाट फोटोको गुणस्तर सुधार गर्ने, कलर भर्ने, एनिमेट गरेर भिडिओ बनाउने वा च्यातिएको फोटोलाई सुधार गर्ने विकल्प पाउनु हुनेछ । आफूलाई उपयुक्त लागेको कुनै एक विकल्प चयन गर्नुहोस् ।

६. त्यसको केही बेरपछि तपाईँलाई विज्ञापन हेरेर सित्तैमा फोटो सुधार गर्ने कि पैसा तिरेर छिटो काम फत्ते गर्ने भन्ने दुई ओटा विकल्प देखिनेछन् । यदि तपाईँ निःशुल्क रुपमा यो एप प्रयोग गर्न चाहनुहुन्छ भने ‘वाच एन एड’ मा थिच्नुहोस् ।

७. अब एपले फोटोमा आवश्यक सुधार गरेर नतिजा पस्किनेछ । त्यसपछि माथि दायाँ कुनामा रहेका दुई सङ्केतमध्ये कुनै एउटा छनौट गरेर त्यसलाई मोबाइलको ग्यालरीमा डाउनलोड गर्ने वा सामाजिक सञ्जालमा शेयर गर्ने तर्फ अगाडि बढ्न सक्नुहुन्छ । ​​​​​​​ 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२