close

नेपाल ई-स्पोर्टस च्याम्पियनशिप हुँदै, पब्जी सहित चर्चित गेममा प्रतिस्पर्धा हुने

टेकपाना टेकपाना

जेठ ९, २०७९ १७:३९

नेपाल ई-स्पोर्टस च्याम्पियनशिप हुँदै, पब्जी सहित चर्चित गेममा प्रतिस्पर्धा हुने

काठमाडौं । नेपाल ई-स्पोर्टस अशोसियसनको आयोजनामा नेपाल ई-स्पोर्टस च्याम्पियनशिप हुने भएको छ ।

राष्ट्रियस्तरको याे गेमिङ प्रतिस्पर्धामा डोटा-टु, टेकन-सेभेन, पब्जी मोबाइल, मोबाइल लेजेन्ड, काउन्टर स्ट्राइक लगायतका गेममा प्रतिस्पर्धा हुने अशाेसिएसनका अध्यक्ष सुरज डंगाेलले जानकारी दिए ।

‘प्रतियाेगिताका लागि हामीले तयारी थालिसकेका छाैं,’ उनले भने, ‘चाँडै नै खेल तालिका, टिम दर्ता प्रक्रिया, पुरस्कार राशि लगायतका विषयमा टुङ्गाे लगाउँछाैं ।’

उनका अनुसार प्रतियोगिता अन्तर्गत हरेक खेलका विजेताले क्षेत्रीय छनाैट खेल्ने अवसर पाउनेछन् । क्षेत्रीय प्रतियाेगिता पनि जिते इन्डोनेसियामा हुने ई-स्पोर्टस च्याम्पियनशिपमा नेपालको प्रतिनिधित्व गर्ने मौका मिल्ने उनले जनाए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२