close

वर्ल्डलिङ्कका ग्राहकले १० दिनसम्म निःशुल्क मेश वाई-फाई ‘ट्रायल’ गर्न पाउने

टेकपाना टेकपाना

जेठ ९, २०७९ १९:१८

वर्ल्डलिङ्कका ग्राहकले १० दिनसम्म निःशुल्क मेश वाई-फाई ‘ट्रायल’ गर्न पाउने

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले आफ्ना ग्राहकका लागि आकर्षक अफर ल्याएको छ ।

कम्पनीले आफ्ना ग्राहकलाई १० दिनसम्म मेश वाई-फाई निःशुल्क ट्रायलमा चलाउन पाउने अफर ल्याएको हो ।

कम्पनीका अनुसार वर्ल्डलिङ्कका विद्यमान ग्राहकहरूले फ्रि ट्रायलको रुपमा नोकिया बिकन १.१ पाउनेछन् । यसका लागि इन्स्टलेसन तथा राउटर शुल्क र डिपोजिटका लागि कुनै रकम तिर्नुपर्ने छैन ।

यदि तपाईँ पनि वर्ल्डलिङ्कको ग्राहक हुनुहुन्छ र नयाँ मेश वाई-फाईको अनुभव गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गरी अर्डर गर्न सक्नुहुनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२