close

राष्ट्रिय परिचयपत्रमा सबै प्रकारका सरकारी सेवा आबद्ध गरिने

टेकपाना टेकपाना

जेठ १०, २०७९ १८:२३

राष्ट्रिय परिचयपत्रमा सबै प्रकारका सरकारी सेवा आबद्ध गरिने

काठमाडौं । सरकारले राष्ट्रिय परिचयपत्रमा सबै प्रकारका सेवालाई आवद्ध गर्ने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यसबारे जानकारी दिएकी हुन् ।

राष्ट्रिय परिचयपत्र तदारुकताका साथ वितरण गरिने उल्लेख गर्दै उनले भनिन्, ‘यसलाई सबै प्रकारका सेवा प्रवाहमा क्रमशः आवद्ध गर्दै लगिने छ ।’

साथै व्यक्तिगत घटना दर्तालाई विद्युती प्रणालीमा आवद्ध गरी वडा स्तरसम्म विस्तार गरिने पनि उनले उल्लेख गरिन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२