close

फ्री फायर नेपाल च्याम्पियनशिप हुँदै, सबै खेलाडीले खेल्न पाउने

टेकपाना टेकपाना

जेठ ११, २०७९ १२:४४

फ्री फायर नेपाल च्याम्पियनशिप हुँदै, सबै खेलाडीले खेल्न पाउने

काठमाडाैं । नेपाली फ्री फायर प्लेयरलाई लक्षित गर्दै गरिना फ्री फायरले ‘फ्री फायर नेपाल च्याम्पियनशिप’ आयोजना गर्ने भएको छ । यससँगै केही वर्षदेखि नेपाली प्लेयरहरुले गरिनासँग राख्दै आएकाे आधिकारिक प्रतियोगिताको माग सम्बोधन भएको छ ।

यो प्रतियोगिताका लागि बिहीबारदेखि खेलाडी दर्ता सुरु हुँदै छ, जसमा सबै नेपाली खेलाडीहरुले आफ्नो टिम दर्ता गरेर प्रतियोगिता खेल्नसक्ने छन् ।

प्रतियोगितामा खुला प्रतिस्पर्धाबाट १२ र आमन्त्रित ६ गरी कूल १८ टिमले लिग चरणका खेलमा प्रतिस्पर्धा गर्नेछन् ।

लिग चरणको खेल सकिँदा शीर्ष १२ भित्र पर्नेले अन्तिम चरणमा भिड्नेछन् ।

आमन्त्रित टिममा यसअघि भएको प्रतियोगिता फ्री फायर नेपाल इन्भिटेसनलमा शीर्ष ६ भित्र पर्न सफल टिमलाई राखिएको छ, जसमा अभिषेक वाईटी, खुकुरी ई-स्पोर्टस, तोन्डे गेमर ई-स्पोर्टस, ट्रेन टु किल, मुन लाइट ई-स्पोर्टस र ब्रदरहुड रहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२