close

साओमीले सार्वजनिक गर्‍यो १९ मिनेटमै फूल चार्ज हुने स्मार्टफोन, कति छ मूल्य ?

टेकपाना टेकपाना

जेठ १३, २०७९ १८:४७

साओमीले सार्वजनिक गर्‍यो १९ मिनेटमै फूल चार्ज हुने स्मार्टफोन, कति छ मूल्य ?

काठमाडौं । साओमीले १९ मिनेटमै फुल चार्ज हुने स्मार्टफोन रेड्मी नोट ११ टी सिरिजका स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले एक कार्यक्रममार्फत नोट ११ टी प्रो र नोट ११ टी प्रो प्लस सार्वजनिक गरेको हो । 

यी दुवै फोनको मुख्य आकर्षण भनेको यसको डिस्प्ले हो । दुवै फोनमा १४४ हर्जको रिफ्रेश रेट भएको ६.६ इन्चको डिस्प्ले दिइएको छ । नोट ११ टी प्रो प्लसमा मिडियाटेक डाइमेन्सिटी ८१०० चिप प्रयोग गरिएको छ भने १२० वाटको फास्ट चार्जिङ उपलब्ध छ ।

यसमा ४,४०० एमएएचको ब्याट्री उपलब्ध गराइएको छ । कम्पनीले यो फोन १९ मिनेटमै शून्यबाट फूल चार्ज हुने दाबी गरेको छ । नोट टी प्रोमा भने मिडियाटेक डाइमेन्सिटी ८,१०० एसओसी चिपसेट प्रयोग गरिएको छ ।

यो फोनमा ६७ वाटको फास्ट चार्जिङ सहित ५,०८० एमएएचको ब्याट्री उपलब्ध छ । यी दुवै फोनमा ६४ मेगापिक्सेलको मुख्य क्यामेरासँगै आठ मेगापिक्सेलको अल्ट्रा वाइड र दुई मेगापिक्सेल म्याक्रो लेन्स गरी तीन ओटा क्यामेराको सेटअप छ ।

नोट ११ टी प्रो र नोट ११ टी प्रो प्लस बजारमा तीन ओटा भेरियन्टमा उपलब्ध हुनेछ । नोट ११ टी प्रो छ जीबी र्‍याम तथा १२८ जीबीको स्टोरेज, आठ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज र आठ जीबी र्‍याम र २५६ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध छ ।

यी फोनहरूको मूल्य क्रमश: १,७९९ युआन (३४,००० रुपैयाँ) , १,८९९ युआन (३५,१०० रुपैयाँ) र २,०९९ युआन (३९,००० रुपैयाँ) तोकिएको छ । यसैगरी नोट ११ टी प्रो प्लस आठ जीबी र्‍याम सहित १२८ जीबी, २५६ जीबी र ५१२ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध हुनेछ ।

यी फोनहरूको मूल्य क्रमश: १,९९९ युआन (३७,००० रुपैयाँ), २,१९९ युआन (४१,००० रुपैयाँ) र २,३९९ युआन (४४,५०० रुपैयाँ) तोकिएको छ । यससँगै कम्पनीले नोट ११ टी एस्ट्रो बोइ नामक सीमित संस्करण पनि सार्वजनिक गरेको छ । यो फोन भने आठ जीबी र्‍याम सहित २५६ जीबी स्टोरेजका साथ उपलब्ध हुनेछ ।

जसको मूल्य २,४९९ (४६,३०० रुपैयाँ) युआन राखिएको छ । पहिलो चरणमा यी सबै स्मार्टफोनहरू चिनियाँ बजारमा मात्र सार्वजनिक गरिएको हो । नेपाल सहित बाह्य बजारमा यो सिरिजका फोनहरू सार्वजनिक हुने विषयमा भने अहिलेसम्म कुनै आधिकारिक जानकारी बाहिर आएको छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२