close

फ्रि फायर नेपाल च्याम्पियनशिपको पुरस्कार राशि १० लाख रुपैयाँ

टेकपाना टेकपाना

जेठ १५, २०७९ १३:५१

फ्रि फायर नेपाल च्याम्पियनशिपको पुरस्कार राशि १० लाख रुपैयाँ

काठमाडौं । नेपाली फ्री फायर खेलाडीलाई लक्षित गर्दै आयोजना हुन लागेको ‘फ्री फायर नेपाल च्याम्पियनसिप’ को पुरस्कार राशि गरिनाले सार्वजनिक गरेको छ । गरिनाले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतियोगिताको कूल पुरस्कार राशि १० लाख रुपैयाँ हुने जानकारी दिएको हो ।

आउँदो जुन ९ बाट सुरु हुने प्रतियोगिता जुलाई १७ सम्म चल्नेछ । यसका लागि टिम दर्ता सुरु भैसकेको छ । प्रतियोगितामा खुला प्रतिस्पर्धाबाट छनोट भएका १२ टिम र ६ आमन्त्रित टिम गरी कुल १८ टिमले लिग चरणमा प्रतिस्पर्धा गर्ने छन् ।

लिग चरण सकिँदा शीर्ष ६ भित्र पर्न सफल रहने टिमले सिधै फाइनल खेल्न पाउनेछन् । बाँकी १२ वटा टिमहरूले भने फेरी एकअर्का बिच खेल्ने छन् र यसरी दुई चरण गरी कूल १२ टोलीले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिताको विजेता टोलीले ५ लाख नेपाली रुपैयाँ हात पार्नै छन् । उपविजेता टोलीले भने २ लाख र तेस्रो हुनेले १ लाख पाउने छन् । यसरी शीर्ष १२ सम्म पुग्न सक्ने सबै टिमले केही पुरस्कार राशि पाउने जनाइएको छ । साथै प्रतियोगिताको मस्ट भ्यालुएबल प्लेयरले २५ हजार नेपाली रुपैयाँ पाउनेछन् ।

प्रतियोगिता खेल्नको लागि खेलाडीको उमेर १६ वर्ष वा त्यो भन्दा धेरै हुनु पर्नेछ र प्रमाणिकरणको लागि सरकारले दिएको परिचय पत्र पेश गर्नुपर्ने जनाइको छ । फ्री फायर नेपाल च्याम्पियनसिपको लागि टिम दर्ताको लागि यहाँ क्लिक गर्नुहोस् ।

No description available.

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४