close

कूल मूल्य अभिवृद्धिमा निरन्तर खस्किँदै सूचना तथा सञ्चार क्षेत्रको वृद्धिदर 

टेकपाना टेकपाना

जेठ १५, २०७९ १४:४६

कूल मूल्य अभिवृद्धिमा निरन्तर खस्किँदै सूचना तथा सञ्चार क्षेत्रको वृद्धिदर 

काठमाडौं । नेपालको कूल मूल्य अभिवृद्धिमा सूचना तथा सञ्चार क्षेत्रको योगदान वृद्धिदर लगातर रुपमा खस्किँदै गएको पाइएको छ । केन्द्रिय तथ्याङ्क विभागले शनिबार प्रकाशित गरेको २०७८ /०७९ को आर्थिक सर्वेक्षणले यस्तो तथ्य देखाएको हो ।

आर्थिक वर्ष २०७७ /७८ मा कूल मूल्य अभिवृद्धिमा यस क्षेत्रको योगदान २.२२ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षमा यसको योगदान २.०९ प्रतिशत रहने अनुमान गरिएको छ ।

कोभिड १९ महामारीका कारण धेरै जसो सेवा तथा सुविधा भर्चुअल माध्यमबाट प्रवाह हुन थालेसँगै इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएको छ ।

आर्थिक वर्ष २०७७ /७८ मा सूचना तथा सञ्चार क्षेत्रको कूल मूल्य अभिवृद्धि १.७७ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षमा यस्तो वृद्धिदर ३.५८ प्रतिशत रहने अनुमान गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४