close

अब वैदेशिक रोजगारसँग सम्बन्धित सम्पूर्ण जानकारी अनलाइनबाटै

टेकपाना टेकपाना

जेठ १५, २०७९ १७:२६

अब वैदेशिक रोजगारसँग सम्बन्धित सम्पूर्ण जानकारी अनलाइनबाटै

काठमाडौं । सरकारले वैदेशिक रोजगारसँग सम्बन्धित सम्पूर्ण जानकारी अनलाइनबाट उपलब्ध गराउने भएको छ ।

आइतबार सङ्घीय संसद्को बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले रोजगारमा जानेहरूको सहजताको लागि यो व्यवस्था गर्न लागेको बताएका हुन् ।

उनले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउनका तालिमको व्यवस्था गरिने बताएका छन् ।

साथै हाल सञ्चालनमा रहेको वैदेशिक रोजगार व्यवस्थापन सूचना प्रणालीलाई स्तरन्नोति गरी वैदेशिक रोजगारसँग सम्बन्धित सेवाहरू अनलाइनमार्फत नै प्रदान गरिने बताए ।

यसका साथै हाल काठमाडौंबाट मात्रै उपलब्ध गराउँदै आएको श्रम स्वीकृत अब काठमाडौं बाहिरका सबै श्रम तथा रोजगार कार्यालयबाट अनलाइन प्रणालीबाट उपलब्ध गराइने अर्थमन्त्री शर्माले बताएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४