close

विद्यालयहरूमा डिजिटल कक्षा सञ्चालन गर्न १० करोड विनियोजन   

टेकपाना टेकपाना

जेठ १५, २०७९ १७:३८

विद्यालयहरूमा डिजिटल कक्षा सञ्चालन गर्न १० करोड विनियोजन   

काठमाडौं । विद्यालयहरूमा डिजिटल कक्षा सञ्चालन गर्न तथा भर्चुअल माध्यमबाट अध्ययन अध्यापन गर्न अर्थ मन्त्रालयले १० करोड रुपैयाँ विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्ष २०७९/८० को लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले डिजिटल शिक्षा भर्चुअल कक्षाको लागि बजेट विनियोजन गरेको बताएका हुन् ।

विद्यार्थीको सिक्ने क्षमता अभिवृद्धि गर्न विद्यार्थीहरूलाई डिजिटल शिक्षा सामग्री उपलब्ध गराईने उनले बताएका छन् । यसका साथै भर्चुअल माध्यमबाट शिक्षणको व्यवस्था गरिने पनि उनले बताए ।

यस कार्यक्रम अन्तर्गत सरकारले माध्यमिक तहको अंग्रेजी, गणित र विज्ञान विषयको विज्ञ शिक्षकहरूबाट भर्चुअल माध्यमबाट अध्यापन गराउने उनले बताए ।

‘गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्न प्रत्येक प्रदेशमा २० वटा विद्यालयका लागि आवश्यक पर्ने इन्टरनेट, डिजिटल बोर्ड र अन्य सामग्री खरिदहरूको लागि १० करोड रुपैयाँ विनियोजन गरेको छु,’ उनले भने । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४