close

सार्वजनिक निकायले अब विद्युतीय सवारीमात्रै खरिद गर्न पाउने

टेकपाना टेकपाना

जेठ १५, २०७९ १८:२२

सार्वजनिक निकायले अब विद्युतीय सवारीमात्रै खरिद गर्न पाउने

काठमाडौं । सरकारले सार्वजनिक निकायले सवारी खरिद गर्दा विद्युतीय सवारीमात्रै खरिद गर्नुपर्ने व्यवस्था गर्ने भएको छ ।

आइतबार सङ्घीय संसद्को बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक निकायले विद्युतीय सवारी खरिद गर्नुपर्ने बताएका हुन् ।

उनले विद्युतीय सवारीको प्रयोगलाई बढाउन नेपाल विद्युत प्राधिकरणले ५० स्थानमा चार्जिङ स्टेसन सञ्चालन गर्ने बताएका छन् । पेट्रोल पम्प रहेको स्थानमा चार्जिङ स्टेसन निर्माणको लागि निजी क्षेत्रलाई प्रोत्साहन गरिने समेत अर्थमन्त्री शर्माले बताए ।

उनले विद्युतीय चुलो, उपकरण तथा यातायातका सधान खपत गरी विद्युत् खपत बढाइने छ र ठूला सहरको यातायात र भान्सालाई विद्युतीय सेवामा रूपान्तरण गरिने समेत उल्लेख गरेका छन् ।

साथै परम्परागत इट्टा भट्टालाई विद्युतीय प्रविधिले रूपान्तरण गर्ने योजना समेत प्रस्तुत गरिएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४