close

विदेशी पर्यटकको बायोमेट्रिक विवरण सहितको डिजिटल प्रणाली निर्माण गरिने

टेकपाना टेकपाना

जेठ १५, २०७९ १९:२३

विदेशी पर्यटकको बायोमेट्रिक विवरण सहितको डिजिटल प्रणाली निर्माण गरिने

काठमाडौं । सरकारले विदेशीबाट भित्रिने पर्यटकको जानकारीलाई व्यवस्थित र प्रभावकारी बनाउन बायोमेट्रिक विवरण सहितको विद्युतीय प्रणाली निर्माण गर्ने भएको छ ।

आइतबार सङ्घीय संसद्को बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो जानकारी दिएका हुन ।

उनले अध्यागमन सेवालाई अत्याधुनिक एवं डिजिटाइज गरी अन्तर्राष्ट्रिय स्तरको बनाइने समेत बताए ।

त्यस्तै सीमा नाकामा रहेको अध्यागमन केन्द्रका भौतिक पूर्वधारलाई स्तरोन्नति गरिने मन्त्री शर्माले उल्लेख गरेका छन् ।

साथै नेपाल भित्रिने विदेशी नागरिकको बायोमेट्रिक विवरण सहितको अभिलेख विद्युतीय प्रणालीमा अद्यावधिक गरिने र यात्रुको विवरण अग्रिम रुपमा प्राप्त हुनेगरी सूचना प्रणालीको विकास गरिने समेत उल्लेख गरिएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४