close

नोटिफिकेसन हेर्न स्क्रिन अनलक गर्नु नपर्ने फिचर ल्याउदै एप्पल

टेकपाना टेकपाना

जेठ १६, २०७९ १२:५३

नोटिफिकेसन हेर्न स्क्रिन अनलक गर्नु नपर्ने फिचर ल्याउदै एप्पल

काठमाडौं । आईओएसको नयाँ अपडेटसँगै एप्पलले आफ्नो प्रो र प्रो म्याक्स मोडेलका स्मार्टफोनहरूमा अलवेज-अन-डिस्प्ले अर्थात लक नहुने डिस्प्ले फिचर उपलब्ध गराउने भएको छ ।

आईओएस १६ को अपडेट सँगै एप्पलले आईफोन १४ प्रो र १४ प्रो म्याक्समा अलवेज-अन-डिस्प्ले फिचर उपलब्ध गराउने बताइएको छ । बाहिरिएको जानकारी अनुसार आइफोनको अलवेज-अन मोडले एप्पल वाच सिरिज ५ र सो भन्दा माथिको वाचले जस्तै काम गर्नेछ । यो फिचर प्रयोग गरेर प्रयोगकर्ताले स्क्रिन लक भएको अवस्थामा पनि नयाँ नोटिफिकेसनहरू हेर्न सक्नेछन् जसको लागि स्क्रिन अनलक गरिरहन आवश्यक हुदैँन । यसैगरी अन्य विविध जानकारीहरू पनि देख्न सकिनेछ ।

यो फिचर एन्ड्रोइडका डिभाइसहरूमा भने पहिले देखि नै उपलब्ध छ । यद्यपि एप्पल प्रयोगकर्ताहरू भने यो फिचरको पर्खाइमा थिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४