close

टेलिकमको एपमा थपियो ‘नमस्ते पे’ सेवा, अफलाइन मोडमा विभिन्न सुविधा चलाउन सकिने

टेकपाना टेकपाना

जेठ १७, २०७९ १५:४५

टेलिकमको एपमा थपियो ‘नमस्ते पे’ सेवा, अफलाइन मोडमा विभिन्न सुविधा चलाउन सकिने

काठमाडौं । नेपाल टेलिकमले आफ्नो माेबाइल एप अपडेट गरेको छ । टेलिकम एपमार्फत सेवाग्राहीले पहिलेदेखि नै विभिन्न सुविधा प्रयोग गर्दै आएकोमा अब एफटीटीएच सेवाका लागि आवश्यक पोर्टल थप गरिएको छ भने ‘नमस्ते पे’ मार्फत रिचार्ज समेत गर्न सकिने छ ।

त्यसैगरी आफ्नो जानकारी (केवाईसी) अपडेट गर्न, अफलाइन मोडमा पनि विभिन्न सुविधा उपयोग गर्न सकिने विशेषता रहेकाे कम्पनीले जनाएकाे छ ।

फाइबर टु दी होम अर्थात एफटीटीएच प्रयोगकर्ताले एपमार्फत एफटीटीएचको सीपीई (CPE) रिस्टार्ट गर्न, वाई-फाईको एसएसआईडी (SSID) परिवर्तन गर्न, डेटाको खपत तथा बचत बारेमा जानकारी लिन र महसुल तिर्न सक्नेछन् ।

नमस्ते पे सेवा पहिलो पटक एपमा समावेश गरिएको छ । नेपाल टेलिकम एपमा वैयक्तिक जानकारीहरु ‘Update User KYC’ मार्फत नवीकरण गर्न सकिने छ ।

त्यसैगरी डिलरहरुले एमपोस (mPoS) समेत लगईन गर्न सकिने छ ।

एपमार्फत नेपाल टेलिकमका जीएसएम, सीडीएमए, पीएसटीएन, एडीएसएल, एफटीटीएच लगायतका सेवाको जानकारी प्राप्त गर्नुको साथै अन्य विभिन्न सुविधा उपभोग गर्न सकिन्छ ।

त्यसैगरी टेलिकमले उपलब्ध गराएका विभिन्न प्याकेजहरु खरिद गर्न र प्याकेजको अवस्था बारेमा जानकारी प्राप्त गर्न सकिन्छ ।

यसका साथै ब्यालेन्स हेर्न, ब्यालेन्स ट्रान्सफर गर्न, विभिन्न सेवामा रिचार्ज गर्न र आफन्त वा साथीलाई विभिन्न प्याकेजहरु उपहार (Gift Packs) को रुपमा पठाउन सकिन्छ ।

त्यसैगरी विभिन्न प्रकारका भ्यालु एडेड सर्भिसको प्रयोग गर्न, टेलिकमका विभिन्न सेवामा समस्या आएमा गुनासा टिपाउन र विभिन्न सेवाको बिल तिर्न पनि सकिन्छ ।

कम्पनीको फेसबुक लगायतका सोसल मिडियासमेत यहीँबाट प्रयोग गर्न सकिन्छ । उक्त एपमार्फत कम्पनीले उपलब्ध गराउँदै आएका सम्पूर्ण सेवाहरुको महसुल दरबारे जानकारी लिन पनि सकिन्छ ।

यस एपबाट १००, १०१, १०२ जस्ता इमर्जेन्सी नम्बरहरु डायल गरी आवश्यक सेवा लिनुका साथै १९७, १४९८ आदि नम्बरमा डायल गरी कम्पनीका विभिन्न सेवाका बारेमा सोधपुछ गर्न पनि सकिन्छ ।

यो एपबाट उपलब्ध गराइएका सुविधा उपयोग गर्न सुरुवातमा गुगल प्ले स्टोर तथा एप्पल एप स्टोरबाट ‘नेपाल टेलिकम’ एप डाउनलोड गर्नुपर्छ ।

नेपाल टेलिकमको मोबाइल नम्बरमार्फत रजिष्टर गरेपछि एप चलाउन सकिन्छ । पहिलो पटक एप डाउनलोड गर्दा ५०० एमबी डेटा समेत निःशुल्क प्रयोग गर्न सकिने सुविधा कम्पनीले उपलब्ध गराइरहेको छ ।

यो एपमा लगईन गर्नासाथ मोबाइलमा भएको ब्यालेन्स रकम तथा नेपाल टेलिकमको प्याकेज खरिद गरेको भए सोबारे जानकारी प्राप्त गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४