close

अनलिमिटेड डेटा सहित एनसेलले ल्यायो आकर्षक अल-नेट भ्वाइस र एसएमएस अफर

टेकपाना टेकपाना

जेठ १८, २०७९ २१:२७

अनलिमिटेड डेटा सहित एनसेलले ल्यायो आकर्षक अल-नेट भ्वाइस र एसएमएस अफर

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले ‘मनसुन धमाका अफर’ ल्याएको छ । यसअन्तर्गत एनसेलका ग्राहकले आकर्षक अनलिमिटेड डेटा प्याकका साथै भ्वाइस र एसएमएस बन्डल गरिएको अल-नेट प्याकबाट फाइदा लिन सक्छन् ।

यी प्याकहरु बिहीबारबाट सञ्चालनमा आउने कम्पनीले जनाएकाे छ । यस अफर अन्तर्गत एक दिन समयावधि भएका तीन डेटा प्याक रहेका छन् ।

आफ्नो आवश्यकता अनुसार ग्राहकले करसहित रु. २९ देखि रु. ४८ पर्ने डेटा प्याक एक्टिभेट गर्न सक्नेछन् । *१७१२३# डायल गरी ग्राहकले यो प्याक खरिद गर्न सक्नेछन् ।

डेटाका साथै एनसेलले यस अफरमा भ्वाइस र एसएमएस सेवा बन्डल सहित एक दिन समयसीमा रहेका तीन प्याक पनि ल्याएको छ ।

यी प्याक लिने ग्राहकले नेपालका अन्य कुनै पनि मोबाइल नेटवर्कमा अझै सुलभ दरमा फोन गर्न र एसएमएस पठाउन सक्छन् । एनसेलका प्रिपेड ग्राहकले आफ्नो दैनिक भ्वाइस र एसएमएस सेवाको आवश्यकता अनुसार प्याक एक्टिभेट गर्न सक्छन् ।

उनीहरुले करसहित रु. १२ मा ३० मिनेट टक टाइम र ३० वटा एसएमएस बन्डल भएको प्याक, रु. १४ मा १०० मिनेट टक टाइम र १०० एसएमएस वा रु. २९ मा २९० मिनेट टक टाइम र २९० वटा नै एसएमएस भएको बन्डल प्याक लिन सक्छन् ।

यी अल नेट प्याकहरु *१७१११८# डायल गरी सहजै लिन सकिन्छ । यस मनसुन धमाका अफर अन्तर्गतका डेटा प्याक र अल नेट भ्वाइस र एसएमएस बन्डल प्याकहरु ग्राहकले एनसेल एप, एनसेलको वेबसाइट र डिजिटल वालेटहरु जस्तै ईसेवा, खल्ती र आईएमई पेबाट पनि एक्टिभेट गर्न सक्नेछन् ।

Data Offer

PriceData VolumeValidity
Rs. 291 GB1 Day (24 hours)
Rs. 39Day unlimited @1Mbps1 Day (6 am to 6 pm)
Rs. 4824-hours unlimited @1Mbps1 Day (24 hours)

All Net Voice + SMS offer

PriceAll-Net MinutesAll-Net SMSValidity
Rs. 1230301 Day (6 am to 6 pm)
Rs. 141001001 Day (6 am to 6 pm)
Rs. 292902901 Day (24 hours)

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३