close

के तपाईंलाई थाहा छ युट्युबको सुरुवात किन भएको थियो ?

टेकपाना टेकपाना

जेठ १९, २०७९ १०:८

के तपाईंलाई थाहा छ युट्युबको सुरुवात किन भएको थियो ?

काठमाडौं । युट्युब भन्ने वित्तिकै तपाईंको दिमागमा के आउँछ ? मनपरेका गीतहरू छानी छानी सुन्ने प्लेटफर्म अथवा मेकअप गर्ने, खाना पकाउने जस्ता ट्युटोरियल, गेम स्ट्रिमिङ वा अन्य चलिचित्रहरू हेर्ने माध्यम अनि यस्तै यस्तै कुराहरू नै हाम्रो दिमागमा सबैभन्दा सुरुमा आउँछ ।

तर यसको सुरुवात हुँदाको लक्ष्य भने फरक थियो । सन् २००५ मा युट्युब पहिलो पटक सार्वजनिक हुँदा कुनै संगीतको प्लेटफर्मको रुपमा नभई ‘डेटिङ’ प्लेटफर्मको रुपमा सुरु भएको थियो ।

युट्युबको सुरुको अवधारणा फरक थियो । यो प्लेटफर्म प्रयोगकर्ताहरूले उपयुक्त पार्टनर खोज्न आफ्नो बारेमा भिडिओ बनाएर अपलोड गर्ने प्लेटफर्मको रुपमा सुरु गरिएको थियो ।

यद्यपि यो प्लेटफर्मले राम्रो बजार भने पाउन सकेन । सुरुवाती दिनमा यो फ्लप भएको थियो ।

यसपछि कम्पनीका संस्थापकहरूले यो अवधारणालाई त्यागेर कुनै पनि प्रकारको भिडिओ अपलोड गर्नमिल्ने गरी नयाँ व्यवस्था सहित युट्युबलाई अगाडि सारेका थिए ।

सन् २००६ मा गुगलले युट्युब किन्याे । आज विश्वभर युट्युबका साढे दुई अर्बभन्दा बढी छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३