close

नथिङको पहिलो स्मार्टफोन जुलाईमा सार्वजनिक हुने

टेकपाना टेकपाना

जेठ १९, २०७९ ११:९

नथिङको पहिलो स्मार्टफोन जुलाईमा सार्वजनिक हुने

काठमाडौं । वानप्लसका सहसंस्थापक कार्ल पेईको नयाँ कम्पनी नथिङले आफ्नो पहिलो स्मार्टफोन ‘नथिङ वान’ सार्वजनिक गर्ने भएको छ । वानप्लसको डिजाइन देखी परीक्षणको सम्पूर्ण काममा संलग्न पेईले कम्पनी छाडेर नथिङको सुरुवात गरेका हुन् । त्यसैले पनि युकेमा आधारित कम्पनी नथिङसँग धेरैले प्रयोगकर्ताले राम्रो स्मार्टफोन पाउने अपेक्षा राखेका छन् ।

हुन त हालसम्म स्मार्टफोन कहिले सार्वजनिक हुनेछ भन्ने विषयमा कुनै जानकारी दिएको छैन् । तर, प्राप्त जानकारी अनुसार यो फोन आगामी जुलाईमा विश्व बजारमा उपलब्ध हुन सक्नेछ । कम्पनीको आधिकारिक ट्वीटर ह्याण्डमार्फत दिइएको जानकारी अनुसार यो फोनको पछाडिको भाग टान्सप्यारेन्ट अर्थात पारदर्शी हुनेछ । यसको अर्थ मोबाइलको पछाडिबाट मोबाइल भित्र रहेका सम्पूर्ण टुल देख्न सकिने छ ।

वायरलेस चार्जिङ युक्त यो फोनमा क्वालकमको स्न्यापड्रयागन प्रोसेसर हुने जनाइएको छ । यसका साथै यसमा ब्लेज समेत हुनेछैन । कम्पनीले यी सबै जानकारी दिएको भएपनि सार्वजनिक हुने मितिको विषयमा भने चाँडै जानकारी दिने बताएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३