close

अर्कासँग पासवर्ड मागेरै नेटफ्लिक्स हेर्छन् १० करोड प्रयोगकर्ता

टेकपाना टेकपाना

जेठ २०, २०७९ १०:५६

अर्कासँग पासवर्ड मागेरै नेटफ्लिक्स हेर्छन् १० करोड प्रयोगकर्ता

काठमाडौं । ओटीटी प्लेटफर्मसँग जोडिएका प्रयोगकर्ताले पासवर्डको मूल्य राम्रोसँग बुझेका हुन्छन् । मासिक सब्सक्रिप्सनको शुल्कबाट बच्नका लागि एउटै पासवर्ड कयौँ व्यक्तिबीच शेयर हुने गर्दछ ।

यो प्रवृत्ति विश्वव्यापी रुपमा नै सामान्य बनिसकेको छ । एउटै पासवर्ड परिवारमा दाजुभाइ, दिदी बहिनीदेखि अङ्कलसम्म घुमिरहेको हुन्छ ।

परिवारमा मात्र होइन, नेटफ्लिक्स, अमेजनजस्ता ओटीटीको पासवर्ड पारिवारिक मित्र अर्थात आफन्तसम्म पनि पुगिरहेको हुन्छ । पासवर्ड शेयरिङका कारण कयौँ ओटीटी प्लेटफर्मले महँगो मूल्य चुकाइरहेका छन् ।

नेटफ्लिक्सले बताए अनुसार गएको जनवरीदेखि मार्चसम्मको अवधिमा विश्वभरबाट दुई लाख सब्सक्राइबर गुमाएको छ । एक दशकमा यो पहिलो पटक घटेको घटना हो ।  

नेपालमा त झन् नेटफ्लिक्स, अमेजन, एचबीओ, डिज्नी जस्ता ओटीटीको आधिकारिक उपस्थिति छैन । यस्तोमा विदेशमा रहेका नेपालीहरूले नेपालमा रहेका आफ्ना साथीभाइ, परिवार र आफन्तसँग ओटीटीको पासवर्ड शेयर गर्ने प्रचलन अझ धेरै छ ।

अनुमानित आँकडा छ कि नेटफ्लिक्सका २२ करोड २० लाख सब्सक्राइबरले अन्य १० करोड व्यक्तिसँग पासवर्ड शेयर गर्दछन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३