close

अब गुगल ड्राइभमा आफूले राखेको फाइल सहजै फेला पार्न सकिने

टेकपाना टेकपाना

जेठ २१, २०७९ १०:११

अब गुगल ड्राइभमा आफूले राखेको फाइल सहजै फेला पार्न सकिने

काठमाडौं । गुगल ड्राइभ विश्वमा धेरै प्रयोग हुने क्लाउड स्टोरेज सेवामा पर्छ । गुगलका सबै प्रडक्टसँग जोडिनेहुँदा पनि यसको प्रयोग उल्लेख्य रुपमा हुने गरेको छ ।

तर, यसमा रहने फोल्डर, फाइल तथा अन्य डकुमेन्टले गुगल ड्राइभमा राखिएका फाइल कहाँ राखिएको छ भनेर खोज्न झन्झट हुने गरेको छ ।

त्यसको समाधानको रुपमा गुगलले नयाँ फिचर उपलब्ध गराएको छ । कम्पनीले गुगल ड्राइभको नयाँ भसर्नमा ‘लोकेसन’ कोलम थप गरेको छ । साथै गुगल ड्राइभको वेब भर्सनको इन्टरफेसमा पनि परिवर्तन आएको छ ।

योसँगै सर्च गर्दा प्रयोगकर्ताले कुन फोल्डर, कुन फाइल, अथवा पुरा ड्राइभमा सर्च गर्ने भनेर आफैले निर्धारण गर्न सक्नेछन् । त्यसका लागि ड्राइभको माथि रहेको सर्च बक्सको दायाँ साइडमा रहेको ‘सर्च अप्सन’ मा क्लिक गर्नुपर्छ ।

त्यहाँ क्लिक गरेसँगै भित्र रहेको ‘लोकेसन’ अप्सनमा क्किल गरी कुन फोल्डरमा सर्च गर्ने भनी छान्न सकिने छ ।

त्यसरी सर्च गर्दा फाइल इडिट गरिएको अन्तिम मिति, फाइल साइज लगायतका आधारमा पनि सर्च गर्न सकिने छ । यतीमात्रै नभएर नयाँ फिचरले एउटै खालको फाइललाई व्यवस्थापन गर्न समेत सहयोग पुग्नेछ ।

गुगलका अनुसार यो फिचर पहिलो चरणमा गुगल वर्कप्लेस ग्राहकलाई उपलब्ध हुनेछ । भने, जुन महिनाको अन्त्यबाट सबै प्रयोगकर्तालाई उपलब्ध हुने जनाइएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३