close

अमेरिकामा प्रयोगकर्ता आफैंले विद्युतीय डिभाइसको मर्मत गर्न पाउने

टेकपाना टेकपाना

जेठ २२, २०७९ ९:४८

अमेरिकामा प्रयोगकर्ता आफैंले विद्युतीय डिभाइसको मर्मत गर्न पाउने

काठमाडौं । संयुक्त राज्य अमेरिकाको न्यू योर्क राज्यले विद्युतीय डिभाइसहरूका लागि ‘राइट टु रिपेयर’ विधेयक पास गरेको छ ।

यो विधेयकले विद्युतीय डिभाइस प्रयोगकर्तालाई आफ्नो डिभाइस आफैं रिपेयर गर्ने अधिकार दिन्छ । अब न्यू योर्क राज्यको सिमानाभित्र डिजिटल इलेक्ट्रोनिक्स उत्पादन बेच्ने सबै निर्माण कम्पनीहरूले उपभोक्ता र स्वतन्त्र पसलहरू दुवैलाई मर्मतका लागि उपकरणहरू, आवश्यक सामग्री र मर्मत म्यानुअल उपलब्ध गराउनुपर्ने छ ।

यो विधेयक कानूनमा पारित भएको एक वर्षपछि लागू हुनेछ । यसपछि प्रयोगकर्ताले आफ्नो डिभाइस मर्मत गर्नका लागि महँगो रकम तिर्नुपर्ने छैन ।

गत वर्ष अमेरिकी राष्ट्रपति जो बाडेनले पनि फेडरल ट्रेड कमिसनलाई मर्मत अधिकार लागू गर्न आह्वान गर्दै कार्यकारी आदेश जारी गरेका थिए । यो निर्देशनको प्रयोगकर्तामाझ निकै प्रशंसा भएको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३