close

अन्तर्राष्ट्रिय ह्याकाथन गर्दै ओप्पो, यसरी बन्नुहोस् सहभागी

टेकपाना टेकपाना

जेठ २२, २०७९ १६:५९

अन्तर्राष्ट्रिय ह्याकाथन गर्दै ओप्पो, यसरी बन्नुहोस् सहभागी

काठमाडौं । चिनियाँ मोबाइल कम्पनी ओप्पोले ‘ओप्पो ह्याक २०२२’ आयोजना गर्ने भएको छ । ह्याक हब कम्पनीसँगको सहकार्यमा हुने ह्याकथनमा विश्वभरबाट इच्छुक व्यक्ति सहभागी हुन सक्नेछन् ।

‘ओप्पो ह्याक २०२२ इन्टेलिजेन्स लिंकिङ द वर्ल्ड’ नारा सहितको यो ह्याकाथनमा सहभागीले क्रस डिभाइस कनेक्सन र प्रयोगकर्तामा केन्द्रित सेवामा भएका विभिन्न समस्यालाई समाधान गर्नुपर्ने बताइएकाे छ ।

कम्पनीले १२ विश्वविद्यालय, २० इन्क्युबेटर र अन्य ५०० सूचना प्रविधिसँग सम्बन्धित व्यक्तिसँग मिलेर ह्याकाथन आयोजना गर्न लागेको हाे ।

जुनदेखि अगस्टसम्म श्रङ्खलाबद्ध रुपमा सञ्चालन हुने यो ह्याकाथनको कूल पुरस्कार राशि ४० हजार डलर रहेको छ ।

अनलाइन र अफलाइन दुवै माध्यमबाट सञ्चालन हुने ह्याकाथनमा सहभागी हुन यहाँ क्लिक गरी आवेदन दिनुहाेस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३