close

एप्पलको डेभलपर कन्फ्रेन्स आजदेखि , कसरी हेर्ने लाइभ ?

टेकपाना टेकपाना

जेठ २३, २०७९ ९:५५

एप्पलको डेभलपर कन्फ्रेन्स आजदेखि , कसरी हेर्ने लाइभ ?

काठमाडौं । एप्पलको वार्षिक वर्ल्डवाइड डेभलपर्स कन्फ्रेन्स (डब्लूडब्लूडीसी) आजदेखि सुरु हुँदैछ । पाँच दिनसम्म सञ्चालन हुने कार्यक्रममा केही सीमित डेभलपरहरू सहभागी हुँदैछन् ।

यो अवसरमा एप्पलले आईओएस १६, आईप्याडओएस १६ र म्याकओएस १३ सार्वजनिक गर्ने अनुमान गरिएको छ । साथै कार्यक्रममा कम्पनीले टिभीओएस, वाचओएस र होमपड पनि सार्वजनिक गर्नेछ ।

आईओएसमा र आईप्याडओएसमा विशेष अपडेट आउने चर्चा छ ।

आईओएसको नोटिफिकेसन फिचरदेखि आईप्याडओएसको मल्टिटास्किङ फिचर लगायतमा नयाँ अपडेट आउने बताइएको छ ।

यसका साथै आईम्यासेजमा पनि नयाँ अपडेट आउने अनुमान गरिएको छ ।

कम्पनीले यो पटक भर्चुअल रियालिटी तथा अगमेन्टेड रियालिटी हेडसेटहरूका लागि रियालिटी ओएस सार्वजनिक गर्ने चर्चा छ । 

त्यस्तै कम्पनीले एआर/भीआर हेडसेट सार्वजनिक गर्ने अनुमान गरिएको छ ।

साथै कम्पनीले ‘एमटु’ एप्पलको सिलिकन प्रोसेसर सहितको म्याकबुक एयर पनि सार्वजनिक गर्नेछ । सोही प्रोसेसर अपग्रेड गरिएको म्याक मिनी पनि सार्वजनिक हुने चर्चा छ ।

राति १०ः४५ देखि सुरू हुने यो कार्यक्रम एप्पलको युट्युब च्यानल, वेबसाइट, इभेन्ट एपडेभलपर एपबाट हेर्न सकिन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३