close

नेपालसहित सयभन्दा बढी देशमा उपलब्ध भयो गुगल टिभी

टेकपाना टेकपाना

जेठ २३, २०७९ १२:७

नेपालसहित सयभन्दा बढी देशमा उपलब्ध भयो गुगल टिभी

काठमाडौं । एन्ड्रोइडमा मात्रै उपलब्ध ‘गुगल टिभी’ यही जुन महिनादेखि आईओएसमा समेत उपलब्ध भएको छ । योसँगै कम्पनीले एन्ड्रोइडमा उपलब्ध ‘गुगल टिभी’ विश्वका सय भन्दा बढी देशमा उपलब्ध भएको जानकारी दिएको छ, जसमा नेपाल पनि समेटिएको छ ।

सन् २०२० मा भिडियो स्ट्रिमिङ प्लेटफर्मका रुपमा अमेरिकाबाट गुगलले यो सेवा सुरु गरेको थियो । सार्वजनिक भएको एक वर्षसम्म पनि ‘गुगल टिभी’ को मोबाइल एप अन्य देशमा उपलब्ध भएको थिएन ।

तर, सन् २०२१ मा कम्पनीले यसअघि उपलब्ध गराउँदै आएको ‘प्ले मुभी एण्ड टिभी’ लाई बन्द गर्दै ‘गुगल टिभी’ लाई विस्तार गरेको थियो ।

अमेरिकापश्चात थप १४ देशमा विस्तार गरेको गुगल टिभी हाल विश्वका सयभन्दा बढी देशमा पुगिसकेको जनाइएको छ । कम्पनीले केही महिनाको अवधिमै ५० भन्दा बढी देशमा यो सेवा उपलब्ध गराएको हो ।

यसका साथै थप अन्य देशमा समेत यो सेवा उपलब्ध हुने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३