close

गुनासो सुन्न काठमाडौं महानगरमा कल सेन्टर सुरू

टेकपाना टेकपाना

जेठ २३, २०७९ १९:३७

गुनासो सुन्न काठमाडौं महानगरमा कल सेन्टर सुरू

काठमाडौं । काठमाडौं महानगरपालिकाले कल सेन्टर सञ्चालनमा ल्याएको छ । महानगरमा भएका समस्या, गुनासो सुन्नका लागि भन्दै महानगरले कल सेन्टर सञ्चालनमा ल्याएको हो ।

यसअघि जेठ १६ गते महानगरको पहिलो कार्यपालिका बैठकको निर्णय अनुसार सोमबारदेखि राष्ट्रिय सभागृहमा केन्द्रमा कल सेन्टर सञ्चालनमा ल्याएको हो ।

योसँगै १६६००१०५५११ मा निःशुल्क फोन गरी आफ्नो समस्या तथा गुनासो टिपाउन सकिने छ ।

कल सेन्टरमा एकैपटक १५ वटा टेलिफोन रिसिभ गर्न सकिने र कलको सीडीआर (कल डिटेल रेकर्ड) महानगरको सर्भरमा सुरक्षित रुपमा राखिने जनाइएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३