close

माइक्रोसफ्ट ३६५ प्रयोग गर्न सिकाउने ‘रिसेट’ एप नेपालमा पनि

टेकपाना टेकपाना

जेठ २५, २०७९ १०:३५

माइक्रोसफ्ट ३६५ प्रयोग गर्न सिकाउने ‘रिसेट’ एप नेपालमा पनि

काठमाडाैं । माइक्रोसफ्ट ३६५ को पूर्ण रुपमा प्रयोग गर्न प्रयोगकर्तालाई यस विषयमा सिकाउने उद्देश्यसहित तयार भएको ‘रिसेट’ एप नेपालमा पनि सार्वजनिक भएको छ ।

‘रिसेट’ अर्थात् ‘रिमोट एन्ड युजर सेल्फ इनेबलमेन्ट ट्रेनिङ’ एउटा वेबमा आधारित एप हो । यसलाई मोबाइल तथा कम्प्युटर दुवैमा चलाउन सकिन्छ ।

यसमा प्रयाेगकर्ताले ५०० भन्दा धेरै माइक्रोसफ्ट ३६५ सँग सम्बन्धित  ट्रेनिङ भिडिओहरु पाउँछन् र आवश्यकता अनुसार अन्य भिडिओहरु पनि थपिँदै जाने छन् ।

माइक्रोसफ्ट ३६५ मा वर्ड, एक्सेल, पावरपोइन्ट ,आउटलुक, वनड्राइभ, शेयर पोइन्ट, टिम, वाननोट, एक्सेस, पब्लिसरजस्ता एप रहेका छन् । यी एपसँग सम्बन्धित ट्रेनिङहरु नै रिसेटमा उपलब्ध हुनेछ ।

यो एपको मुख्य उद्देश्य भनेको माइक्रोसफ्ट ३६५ खरिद गरेका प्रयोगकर्ताहरुलाई त्यसमा भएका सबै फिचरहरुको बारेमा जानकारी दिनु हो, जसले गर्दा कुनै पनि संस्था वा व्यक्तिको कार्यशैली छिटो हुनुको साथै उत्पादकत्वमा पनि वृद्धि हुन्छ

उदाहरणका लागि यदि तपाई माइक्रोसप्ट वर्डमा टाइप मात्र गर्नुहुन्छ भने तपाईंलाई त्यसमा भएका अन्य फिचरको बारेमा थाहा नहुनसक्छ ,जसले कामलाई सहज बनाउन मद्दत गर्छ । यस्तो अवस्थामा रिसेटमा भएका भिडिओबाट तपाईंले अन्य फिचरको बारेमा जानकारी पाउन सक्नुहुन्छ ।

यो एप रजिस्टरको लागि प्रयोगकर्ताले वर्षको १० डलर (१२ सय ५० रुपैयाँ) तिर्नुपर्ने हुन्छ । रिसेट रजिस्टर गर्नका लागि यहाँ क्लिक गर्नुहोस् । ट्रेनोकेट माइक्रोसफ्टको लर्निङ पार्टनर हो, जसले माइक्रोसफ्ट ३६५ सम्बन्धी तालिम उपलब्ध गराउँदै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६