close

‘फाइभजी सेवा दिन फ्रिक्वेन्सीको प्रभावकारी व्यवस्थापन अत्यावश्यक’

टेकपाना टेकपाना

जेठ २५, २०७९ १८:०

‘फाइभजी सेवा दिन फ्रिक्वेन्सीको प्रभावकारी व्यवस्थापन अत्यावश्यक’

जाङजेङ जुन/
सन् २०२२ मा नेपालमा फाइभजीको परीक्षण तयारी भइरहेकाे छ । परीक्षणको रुपमा फाइभजी सेवा सुरू गर्नैलाग्दा यसका लागि आवश्यक पर्ने फ्रिक्वेन्सी व्यवस्थापन अर्काे महत्त्वपूर्ण पाटो हो ।

पछिल्लो प्रविधिको रुपमा उदाएको एज कम्प्युटिङ, क्लाउड कम्प्युटिङ, इन्टरनेट अफ थिङ्स (आईओटी) आर्टिफिसियल इन्टिलिजेन्स (एआई) र बिग डेटाले अर्थतन्त्र र समाजको  डिजिटल रुपान्तरणका लागि पक्कै नयाँ विधि र बाटो प्रदान गर्नेछ ।

फाइभजीको व्यावसायिक विकासले विश्वव्यापी डिजिटाइजेसन प्रक्रियामा ठूलो प्रभाव पार्नेछ । जीएसएमएले तयार पारेको मोबाइल इकोनोमी प्रतिवेदन अनुसार फाइभजीले सन् २०३० मा विश्वको कूल जीडीपीमा ९६१ बिलियनको योगदान पुर्‍याउने ।

न् २०२२ को पहिलो त्रैमासिकसम्म विश्वका ८० देशमा फाइभजीको व्यावसायिक सुरुवात भइसकेको छ, जसमार्फत ७० करोड मानिस याे नयाँ पुस्ताकाे माेबाइल सेवामा जोडिएका छन् ।

सन् २०२२ फाइभजी विकास र विस्तारको अर्को महत्वपूर्ण वर्षको रुपमा सावित हुनेछ । यो वर्ष एशिया प्रशान्त क्षेत्र अन्तर्गत दक्षिण कोरिया, थाइल्याण्ड, फिलिपिन्स, इन्डोनेसिया, सिंगापुर, माल्दिभ्स र बंगलादेशमा फाइभजीको सुरुवात हुँदैछ । थाइल्याण्डमा फाइभजीको पहुँच ७७ प्रतिशत जनसंख्यामा पुगिसकेको छ ।

यो वर्षको सुरुवातमा एसिया प्रशान्तका पाँच करोड ४० लाख मानिस फाइभजीको पहुँचमा रहेको देखिन्छ । जीएसएमएका अनुसार सन् २०२५ सम्म एसिया प्रशान्तमा फाइभजीको पहुँच १४ प्रतिशतले वृद्धि हुनेछ । त्यसमध्ये ठूलो बजारहरुमा ४० प्रतिशतले वृद्धि हुने अनुमान छ ।

यसका साथै देशहरुको स्मार्ट स्वास्थ, निर्माण तथा उत्पादन, कृषि, बन्दरगाह, स्मार्ट सहर लगायतका हजारौं उद्योगमा फाइभजीले डिजिटल रुपमान्तरणमा मद्दत पुगेको छ ।

यी सबैले एसिया प्रशान्त फाइभजीमा द्रुत रुपमा अघि बढीरहेको देखाउँछ । सँगै यो क्षेत्रले फाइभजी फ्रिक्वेन्सीको अभाव भने खेप्नुपरेको अवस्था छ ।

फाइभजीका लागि सबैभन्दा महत्त्वपूर्ण फ्रिक्वेन्सीमा ३.५ गिगाहर्ज, २.६ गिगाहर्ज र ७०० मेगाहर्ज हुन् । जसको प्रयोग स्याटालाईट ब्रोडकास्टिङ तथा टेलिभिजनमा खपत भइरहेको छ ।

त्यो हुँदा फाइभजी फ्रिक्वेन्सीको प्रभावकारी व्यवस्थापन गर्दै आईसीटीको विकासलाई अघि बढाउन आवश्यक छ ।

फ्रिक्वेन्सी प्रावधान फाइभजीका लागि महत्वपूर्ण

अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) को प्रक्षेपण अनुसार सन् २०२५ सम्म प्रतिव्यक्ति प्रति महिना डेटा खपत ३९ जीबी पुग्नेछ । भने, सन् २०३० सम्म २५० जीबी पुग्नेछ । एसिया प्रशान्तमा हाल प्रतिव्यक्ति प्रति महिना डेटा खपत २० जीबी रहेको छ । कम्बोडियामा ३० जीबी पुगेको छ ।

यस्तोमा फाइभजी मात्रै यस्तो प्रविधि हो, जसले यो मागलाई धान्न सक्छ । तर, यसका लागि फ्रिक्वेन्सी सबैभन्दा महत्वपूर्ण पक्ष हो । जीएसएमएका अनुसार आगामी १० वर्षसम्म फाइभजीमा निरन्तर गुणस्तरीय सेवा उपलब्ध गराउन मिड ब्याण्डमा २००० मेगाहर्जमा फ्रिक्वेन्सी सुरक्षित गर्न आवश्यक छ ।

हालसम्म वायरलेस मिड ब्याण्डमा मोबाइलमा सेवा प्रदायकलाई १००० मेगाहर्जभन्दा कम फ्रिक्वेन्सी बितरण गरिएको छ । इन्डोनेशियामा ३६० मेगाहर्ज, थाइल्याण्डमा ४५० मेगाहर्ज, कम्बोडियामा ४६४ मेगाहर्ज, श्रिलंकामा ५०५ मेगाहर्ज वितरण भएको छ । यस्तोमा हालको डेटा खपत र विरणमा समान हुन सकेको छैन् ।

त्यो हुँदा ३.५, २.६, २.३ र ४.९ गिगाहर्ज मिड ब्याण्ड फ्रिक्वेन्सीको आवश्यक्ता अनुसार वितरण हुन आवश्यक छ । जसले बढ्दो डेटाको मागलाई सम्बोधन गर्न सफल हुनेछ । सन् २०२२ मा बंगलादेशले २.६ र २.३ गिगाहर्जमा १९० मेगाहर्ज फ्रिक्वेन्सी बोलकबोलमार्फत उपलब्ध गराएको छ ।

यसले ठूलो ब्याण्डविथलाई सर्पोट गर्नेछ । सँगै बंगलादेश सरकारले फोरजी फ्रिक्वेन्सीको तुलनामा फाइभजी फ्रिक्वेन्सीको मूल्य ५८ प्रतिशतले कम गरेको छ ।

साथै उक्त फ्रिक्वेन्सीको मूल्य भुक्तानीका लागि पाँच वर्षदेखि १० वर्षको अवधि दिइएको छ । सरकारको यो खालको नीतिले फाइभजीको विस्तारमा ठुलो मद्दत पुग्ने देखिन्छ ।

मिडब्यान्डका साथै लो ब्यान्डकाे ७०० मेगाहर्ज फ्रिक्वेन्सी पनि फाइभजीका लागि महत्वपूर्ण छ ।

विषेशगरी कम्बोडिया, इन्डोनेसिया, बंगलादेश, श्रीलंका र नेपालका लागि यो फ्रिक्वेन्सी महत्वपूर्ण छ । यो फ्रिक्वेन्सीमार्फत एउटै नेटवर्कबाट फाेरजी र फाइभजी दुवै सेवा उपलब्ध गराउन सकिन्छ ।

जसको मद्दतले ग्रामीण र सहरी क्षेत्रमा रहेको डिजिटल विभेदलाई कम गर्न सकिन्छ । यसका बावजुद पनि डिजिटल अर्थतन्त्र र समाजमा फाइभजीको प्रभावकारीता त्यसमा निर्माण भएको प्रविधिले तय गर्नेछ ।

त्यसका लागि सरकारको दिर्नेशनमा टेलिकम सेवा प्रदायक, सप्लायर्स, शिक्षा क्षेत्र, कन्टेन्ट प्रोभाइडर लगायत सम्पूर्ण क्षेत्रमा काम हुन आवश्यक छ ।

किनभने एसिया प्रशान्तमा आउँदा पाँच वर्ष फाइभजी विकासमा चुनौतीपूर्ण समय हो । त्यो हुँदा सबै क्षेत्रले मिलेर काम गर्न आवश्यक छ ।

(लेखक ह्वावे एसिया-पासिफिका पब्लिक रिलेसन डिपार्टमेन्टका निर्देशक हुन् ।)

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६