close

अनरका तीन नयाँ स्मार्टफोन नेपाली बजार आउँदै, यस्तो छ फिचर र सम्भावित मूल्य

टेकपाना टेकपाना

जेठ २६, २०७९ १७:४९

अनरका तीन नयाँ स्मार्टफोन नेपाली बजार आउँदै, यस्तो छ फिचर र सम्भावित मूल्य

काठमाडौं । आउँदो साता नेपाली बजारमा चिनियाँ ब्राण्ड अनरका तीन फरक मोडलका स्मार्टफाेन सार्वजनिक हुने भएकाे छ । नेपालका लागि अनरको आधिकारिक बिक्रेता सेल्ट्रन नेपाल प्रालिले अनर एक्स सेभेन, अनर एट र अनर एक्स नाइन सार्वजनिक गर्ने छ । 

अनर एक्स सेभेन

क्वालकम एसएम ६२२५ स्न्यापपड्रागन ६८० चिपसेट र एन्ड्रोइड ११ अपरेटिङ सिस्टमबाट सञ्चालित यस फोनमा ९० हर्ज रिफ्रेस रेट भएको आईपीएस एलईडी ६.४ इन्च डिस्प्ले छ ।

फाेनकाे पछाडि ४८ मेगापिक्सेलको मुख्य क्यामेरा, ५ मेगापिक्सेलको अल्ट्रावाइड, २ मेगापिक्सेलको म्याक्रो र २ मेगापिक्सेलको डेप्थ सेन्सर समावेश छ । त्यस्तै ८ मेगापिक्सेल सेल्फी क्यामेरा दिइएकाे छ ।

५००० एमएएच ब्याट्री क्षमता भएको यो फोनले २२.५ वाट फास्ट चार्जिङ सपोर्ट गर्छ । ४ जीबी र्‍याम र १२८ जीबी इन्टर्नल स्टोरेज भएको यो फोनको अनुमानित मूल्य २५ हजार रूपैयाँ रहेको छ ।

अनर एक्स एट

अनर एक्स एट स्मार्टफाेनमा क्वालकम एसएम ६२२५ स्नापड्रागन ६८० चिपसेट छ भने एन्ड्रोइड भर्जन ११ बाट सञ्चालित छ । त्यस्तै यस फोनमा ९० हर्ज रिफ्रेस रेट भएको आईपीएस एलईडी ६.४ इन्च डिस्प्ले छ ।

फोनमा ६४ मेगापिक्सेलको मुख्य क्यामेरा, ५ मेगापिक्सेलको अल्ट्रावाइड, २ मेगापिक्सेलको म्याक्रो र २ मेगापिक्सेलको डेप्थ सेन्सर समावेश छन् । त्यस्तै १६ मेगापिक्सेल सेल्फी क्यामेरा दिइएकाे छ ।

४००० एमएएच ब्याट्री क्षमता भएको याे फोनले पनि २२.५ वाट फास्ट चार्जिङ सपोर्ट गर्छ । ६ जीबी र्‍याम र १२८ जीबी इन्टर्नल स्टोरेज भएको यो फोनको अनुमानित मूल्य ३१ हजार रूपैयाँ रहेको छ ।

अनर एक्स नाइन

सार्वजनिक हुनेमध्यको अर्को एक फोन अनर एक्स ९ मा क्वालकम एसएम ६२२५ स्नापड्रागन ६८० चिपसेट छ भने याे पनि एन्ड्रोइड भर्जन ११ द्वारा सञ्चालित छ । फोनमा ९० हर्ज रिफ्रेश रेट भएको आईपीएस एलईडी ६.८१ इन्च डिस्प्ले दिइएकाे छ ।

१६ मेगापिक्सेल सेल्फी क्यामेरा भएको फोनमा ६४ मेगापिक्सेलको मुख्य क्यामेरा, ८ मेगापिक्सेलको अल्ट्रावाइड, २ मेगापिक्सेलको म्याक्रो र २ मेगापिक्सेलको डेप्थ सेन्सर समावेश छन् ।

४८०० एमएएच ब्याट्री क्षमता भएको यो फोनले ६६ वाट फास्ट चार्जिङ सपोर्ट गर्छ । ८ जीबी र्‍याम र १२८ जीबी इन्टर्नल स्टोरेज भएको यो फोनको अनुमानित मूल्य ३९ हजार रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६