close

ड्राइभिङ लाइसेन्सका लागि यसरी दिनुहोस् अनलाइन आवेदन

सुसन चापागाईं सुसन चापागाईं

जेठ २६, २०७९ १९:१७

ड्राइभिङ लाइसेन्सका लागि यसरी दिनुहोस् अनलाइन आवेदन

काठमाडाैं । यातायात व्यवस्था विभागले ड्राइभिङ लाइसेन्सका लागि नयाँ प्रणालीसहितको अनलाइन आवेदन खुलाएसँगै अनलाइनबाट लाइसेन्स फर्म भर्ने सेवाग्राहीको चाप बढ्दाे छ ।

अनलाइन आवेदन दिन यसपटक फरक पोर्टल तयार पारिएको  छ । लाइसेन्सको अनलाइन एप्लिकेसनमा तपाईं आफैंले अपोइन्टमेन्टको लागि मिति छान्न सक्नुहुन्छ । प्रक्रियालाई छिटो र सहज बनाउन विभागले यस्तो प्रक्रिया थालेको हो ।

अनलाइन फर्म भर्न सुरुमा आफ्नो वेब ब्राउजरमा गएर याे वेबसाइटमा क्लिक गर्नुहाेस् ।

पहिलेको प्रणालीमा तपाईंले सोझै आवेदन फर्म भर्न सक्नुहुन्थ्यो । तर अहिले भने तपाईंले पहिला आफ्नो प्रोफाइल बनाउनुपर्छ । सुरुमा लागौं, प्रोफाइल बनाउनुतर्फ,

अनलाइन एप्लिकेसनको पोर्टल खोलिसकेपछि ‘साइनअप’ मा जानुहोस् ।

त्यहाँ आफ्नो नाम, थर जन्ममिति, मोबाइल नम्बर, पासवर्डसँगै एउटा सेक्युरिटी प्रश्न पनि सेट गर्नुहोस् ।

अब साइनअप गरेपछि तपाईंले अघि राखेको मोबाइल नम्बरमा ओटीपी कोड आउँछ । एसएमएसमा आएको ओटिपी कोड यहाँ राखेर ‘कन्फर्म’ थिच्नुहोस । 

अब तपाईं एप्लिकेसन पोर्टलमा जानुहुनेछ । त्यहाँ तपाईंलाई युजरनेम पनि दिइएको हुन्छ, यो युजरनेम र अघि साइनअप गर्दा सेट गरेको पासवर्डमार्फत तपाईंले आफ्नो प्रोफाइलमा लगईन गर्न सक्नुहुन्छ ।

यसलाई एप्लिकेसन दिइसकेपछि पनि आफ्नो डिटेल्स हेर्नका लागि पनि प्रयोग गर्न सक्नुहुन्छ ।   

अब पर्सनल डिटेल्समा क्लिक गर्नुहोस् ।  त्यहाँ नाम, ब्लड ग्रुप, जन्ममिति, पायक पर्ने कार्यालय, अभिभावकको विवरण लगायत सबै जानकारी भर्दै जानुहोस् ।  

सब्मिट गरिसकेपछि आफ्नो विवरण सही छ छैन पुनः जाँचेर टिक लगाई फेरि सब्मिट गर्नुहोस् ।  

पर्सनल डिटेल्स भरिसकेपछि तपाईंलाई एड्रेसमा लगिनेछ । त्यहाँ आफ्नो स्थायी र अस्थायी ठेगाना भर्नुहोस् । यति गरिसकेपछि यसलाई सब्मिट गर्नुहोस् ।  

अब नागरिकता विवरण भर्नुपर्ने हुन्छ ।

आफ्नो नागरिकता नम्बर, जारी गरिएको जिल्ला र मिति भर्नुहोस् । सँगै नागरिकताको इमेज अपलोड गरेर सब्मिट थिच्नुहोस ।  

यससँगै अब तपाईंले आफ्नो नागरिकतामा आधारित  तीन पुस्ते विवरण भर्नुपर्ने हुन्छ ।

सबै विवरणहरु भर्दै जानुहोस् ।  तीन  पुस्ते विवरणमा बाजे, बाबा र आमाको नाम भर्नुहोस् ।    

यसलाई टिक लगाएर सब्मिट गर्नुहोस् ।  

यसपछि तपाईंलाई पासपोर्ट विवरणमा लगिनेछ । यो भने अप्सनल छ । यसलाई सजिलै स्किप पनि गर्न सक्नुहुन्छ । लाइसेन्स मा पासपोर्ट नम्बर छपिएर आओस् भन्ने चाहनुहुन्छ भने पासपोर्ट विवरण पनि भर्नुपर्ने हुन्छ । मैले भने स्किप गरेको छु ।  

अहिलेसम्म तपाईंको एउटा प्रोफाइलमात्र बनेको छ । अब बल्ल तपाईंले अनलाइन आवेदन दिने प्रक्रिया सुरु हुन्छ । 

त्यसका लागि अपलाई फर ड्राइभिङ लाइसेन्स ‘Apply for driving license’ मा क्लिक गर्नुहोस् । त्यहाँ देखिएको चेकबक्समा टिक लगाएर नेक्स्ट गर्नुहोस् ।  

 आफूले ड्राइभिङ लाइसेन्स लिन लागेको सवारी साधन छान्नुहोस् ।

 अपाेइन्टेन्टका लागि कार्यालय छनोट गर्नुपर्ने हुन्छ ।

चलाइरहेको सवारीभन्दा अन्य वर्गको सवारीको अनुमतिपत्र लिनका लागि भने आवश्यक तयारी पूरा भइनसकेका कारण विभागले यो अप्सन खुलाएको छैन । यसका लागl भने तपाईंले अझै केही समय कुर्नुपर्ने हुन्छ ।  

ड्राइभिङ लाइसेन्स छिटै चाहिने वा अत्यावश्यक छ भने ‘अप्लाई फर अर्जेन्ट’ मा गएर आवेदन दिन सक्नुहुन्छ ।

  अब डेट छनोट गर्नुपर्ने हुन्छ ।  

डेट छनोटमा निकै समस्या देखिएको हुन्छ ।  कार्यालय आफैंले आवेदन कोटा निश्चित गरेकाे हुनाले कोटा  पुगेपछि आवेदन लिँदैन त्यसैले डेट सेलेक्सनमा समस्या देखाएको यातायात व्यवस्था विभागको भानाइ छ ।

त्यसैले डेट सेलेक्सनमा समस्या छ भने तपाईंले अर्को कुनै कार्यालयमा प्रयास गर्न सक्नुहुन्छ ।

डेट सेलेक्ट भइसकेपछि तपाईंलाईं ओटीपी आउँछ ।  तपाईंको मोबाइलमा आएको ओटीपीलाई  यसमा राखेर कन्फर्म गर्नुहोस् ।

 कन्फर्म भइसकेपछि तपाईंले भरेको विवरणको आधारमा आवेदन फर्म देखिन्छ । 

 त्यो फर्मलाई डाउनलाेड गरेर अपोइन्टमेन्ट सेलेक्ट गरेको मितिमा अफिस भिजिट गर्न सक्नुहुन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६