close

अब ह्वाट्सएपको म्यासेज सोझै गुगल ड्राइभमा ब्याकअप गर्न सकिने

टेकपाना टेकपाना

जेठ २७, २०७९ १०:५५

अब ह्वाट्सएपको म्यासेज सोझै गुगल ड्राइभमा ब्याकअप गर्न सकिने

काठमाडौं । ह्वाट्सएप सँधै नयाँ नयाँ फिचरमा काम गरिरहेकै हुन्छ । केही समय अघिमात्रै म्यासेजमा रियाक्ट गर्न सकिने फिचर उपलब्ध गराएको कम्पनीले यती बेला पूनः नयाँ फिचरमा काम गरिरहेको पाइएको छ । जसले प्रयोगकर्तालाई आफ्नो ह्वाट्सएमा आएका म्यासेज सोझै गुगल ड्राइभमा ब्याकअप गर्न दिनेछ ।

एन्ड्रोइड प्रयोगकर्तालाई लक्षित गर्दै कम्पनीले यो फिचर उपलब्ध गराउने तयारी गरेको हो । सँगै ह्वाट्सएपले बिजनेश अकाउण्टमा पठाइएको म्यासेज कुन डिभाइसबाट आएको हो भन्ने जानकारी समेत दिने भएको छ । बिजनेश अकाउण्ट धेरैओटा डिभाइसबाट चल्ने हुँदा यो फिचरले डिभाइस पहिचान् गर्न मद्दत पुग्ने जनाइएको छ ।

ह्वाट्सएपको बेटा भर्सनबारे जानकारी दिने संस्था वाबेटाइन्फोले ह्वाट्सएपले प्रयोगकर्तालाई गुगल ड्राइभमा म्यासेज ब्याकअप गर्न सकिने सुविधा दिने तयारी गरेको हो । जसमा म्यासेज, फोटो, भिडियो लगायतका सम्पूर्ण डेटा ब्याकअप हुने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६