close

१५ इन्चको म्याकबुक एयर ल्याउँदै एप्पल 

टेकपाना टेकपाना

जेठ २८, २०७९ १२:३४

१५ इन्चको म्याकबुक एयर ल्याउँदै एप्पल 

काठमाडौं । एप्पलले अब १५ इन्चको म्याकबुक एयर पनि बजारमा ल्याउने भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार एप्पलले सन् २०२३ को पहिलो छ महिना भित्र नै १५ इन्चको म्याकबुक एयर सार्वजनिक गर्ने तयारी गरिरहेको छ । 

हुन त कम्पनीले साना ल्यापटपहरू सार्वजनिक गर्ने सक्ने अनुमान गरिएको छ । कम्पनीले  १२ इन्चको ल्यापटप तयार गर्न काम गरिरहेको पनि चर्चा छ । यद्यपि अहिलेका लागि कम्पनी १५ इन्चको ल्यापटपमा नै केन्द्रित छ । 

कम्पनीले एम टु प्रो र एम टु म्याक्स चिपसेटको साथमा यही वर्षको अन्त्यतिर १४ इन्च र १६ इन्चको म्याकबुक प्रो सार्वजनिक गर्ने तयारी गरिरहेको छ । हुन त कम्पनीले १५ इन्चको ल्यापटप यही वर्ष सार्वजनिक गर्ने बताइएको थियो । यद्यपि कम्पनीले यो हप्ता मात्र घोषणा गरेको १३ इन्चको मोडेलमा बढि केन्द्रित हुँदा १५ इन्चको ल्यापटपको सार्वजनिक मिति सरेको हो । 

एप्पलको म्याकबुकका विभिन्न मोडेलहरूमा ‘एयर’ मोडेलको म्याकबुक निकै नै लोकप्रिय मोडेल हो । यस्तोमा १५ इन्चको म्याकबुक एयरले ठूलो स्क्रिन चाहने प्रयोगकर्तालाई आकर्षित गर्ने कम्पनीको विश्वास छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६