close

इम्बोस्ड नम्बर प्लेट लिन यसरी दिनुहोस् अनलाइन आवेदन

सुसन चापागाईं सुसन चापागाईं

जेठ २८, २०७९ १३:३१

इम्बोस्ड नम्बर प्लेट लिन यसरी दिनुहोस् अनलाइन आवेदन

काठमाडौं । सरकारले सार्वजनिक तथा निजी सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने गरी काम गरिरहेको छ । हालै बागमती र गण्डकी प्रदेशमा नयाँ र नामसारी भई दर्ता हुने सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको छ ।

कार्यान्वयन तहमा निकै विवाद देखिएपनि यातायात व्यवस्था विभागले इम्बोस्ड योजनाबाट आफू नहट्ने स्पष्ट पारिसकेको छ ।

सवारी साधनको सम्पूर्ण विवरण डिजिटल प्रणालीमार्फत अनुगमन गर्न लागू गरिएको इम्बोस्ड नम्बर प्लेट वितरण प्रभावकारी हुन नसकेपछि सरकारले यसलाई अनिवार्य बनाउनतर्फ लागेकाे हो ।

सेवाग्राहीको सहजताका लागि भनेर विभागले इम्बोस्ड नम्बर दर्ताको लागि अनलाइन आवेदन दिने व्यवस्था गरेको छ ।

आज हामी इम्बोस्ड नम्बर प्लेट लिन अनलाइन आवेदन कसरी दिन सकिन्छ भन्ने विषयमा यस भिडिओमार्फत जानकारी दिँदैछौं ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६