close

जीबोर्ड चलाउने स्मार्ट तरिका, जुन तपाईंलाई थाहा नहुन सक्छ

टेकपाना टेकपाना

जेठ २८, २०७९ १४:४३

जीबोर्ड चलाउने स्मार्ट तरिका, जुन तपाईंलाई थाहा नहुन सक्छ

काठमाडाैं । गुगल बोर्ड अर्थात् जीबाेर्डबाट तपाईंले निकै फाइदा लिन सक्नुहुन्छ । यसबाट बोलीलाई टेक्स्टमा रुपान्तरण गर्न, नयाँ इमोजी बनाउन, भाषा ट्रान्स्लेट लगायतका काम गर्न सकिन्छ ।

इमोजी किचेनमा आफ्नै इमोजी बनाउनुहोस्

जीबोर्डको इमोजी किचन फिचर प्रयोग गर्न कुनै पनि टाइप गर्न सकिने एपमा गएर कमा (Comma) लाई केहीबेर प्रेस गरेर होल्ड गर्नुहोस् । त्यसपछि कुनै दुई इमोजी सेलेक्ट गर्नुहोस् ।

तपाईंले सेलेक्ट गरेको इमोजीलाई जीबोर्डले आफैं मिलाएर नयाँ इमोजी बनाइदिन्छ ।  

जीबोर्डमा अर्को भाषा थप्नुहोस्

एड कीबोर्डभित्र आफूलाई सहज हुने भाषाको कीबोर्ड छान्नुहोस् । कीबोर्डमा भाषा स्वीच गर्दा स्पेसबारलाई होल्ड गर्नुहोस् ।  

ह्याण्ड राइटिङ्ग इन्पुट इनेबल गर्नुहोस्।  

टाइप गर्न अल्छी लाग्छ भने सामान्य रुपमा हातले नै लेख्न पनि सक्नुहुन्छ । यसका लागि जीबोर्डको सेटिङमा जानुहोस् ।  Language भित्र एड कीबोर्ड (Add Keyboard) मा जानुहोस् ।  त्यहाँ गएर ह्याण्ड राइटिङ्ग इनेबल गर्नुहोस् । 

भ्वाइस टाइपिङ इनेबल गर्नुहोस्।  

गुगल निर्मित स्पीच-टू-टेक्स्ट कन्भर्टर जीबोर्ड कीबोर्डभित्रै राखिएको हुन्छ । जीबोर्डको दायाँपट्टि रहेको माइक्रोफोनलाई ट्याप गरेर परमिसन दिनुहोस् ।  त्यसपछि तपाईं बोल्दै जानुहोस्, तपाईले बोलेको कुरा टेक्स्टमा रुपान्तरण हुन्छ । 

टाइप गर्दै भाषा ट्रान्स्लेट गर्नुहोस्  

गुगल टाइप ट्रान्स्लेटमार्फत तपाईंले एक भाषामा लेखेर अर्को भाषामा रियल टाइममा ट्रान्स्लेटेड आउटपुट पाउन सक्नुहुन्छ ।

यसो गर्नाले तपाईंको सहजता अनुसार जुनसुकै भाषामा टाइप गरेर अंग्रेजी लगायत अन्य आवश्यक भाषामा ट्रान्सलेट गर्न सक्नुहुन्छ । अंग्रेजी बाहेक अन्य भाषामा ट्रान्स्लेट गर्दा पूर्ण एकुरेसी नआएपनि काम चल्ने भने हुन्छ ।   

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६