close

स्मार्टफोनको क्यामेरामा एआईले कसरी गर्छ काम ?

टेकपाना टेकपाना

जेठ २९, २०७९ १०:३५

स्मार्टफोनको क्यामेरामा एआईले कसरी गर्छ काम ?

काठमाडौं । क्यामेराको इतिहास धेरै लामो छ । पहिले फोटो खिच्नका लागि छुट्टै क्यामेरा नै खरिद गर्नपर्थ्याे भने अहिले क्यामेराका प्रायः काम माेबाइलबाट गर्न सकिन्छ ।

केही स्मार्टफोन निर्माताले फोनका लागि त्यस्ता क्यामेरा ल्याइसकेका छन्, जसले ठूला डीएसएलआर क्यामेरा जत्तिकै गुणस्तरका फोटो खिच्न सक्छन् । तपाईंले फोनमा क्यामेरा त जरुर प्रयोग गर्नुभएको होला ।

फोनको क्यामेरामा हुने फिचर स्मार्टफोनको कम्पनी अनुसार फरक-फरक पनि हुन;क्छ । आज हामी प्रायः फोनको क्यामेरामा देखिने एआई के हो कसरी काम गर्छ अनि त्यसका विशेषता के-के हुन सक्छन् भन्ने विषयमा चर्चा गर्छौं ।

आर्टिफिसियल इन्टेलिजेन्स केही वर्षअघिसम्म साइन्स फिक्सन फिल्महरूमा मात्र सीमित थियो । धेरै मान्छेलाई आर्टिफिसियल इन्टेलिजेन्स अस्तित्वमा आउँछ भन्ने कुरामा धेरैले शंका गरेका थिए ।

तर, आज हेर्नुस् हाम्रै वरपर आर्टिफिसियल इन्टेलिजेन्सले राज गरिरहेका छन् । वास्तवमा एआई भनेको आर्टिफिसियल इन्टेलिजेन्स हो । आर्टिफिसियल इन्टेलिजेन्स एउटा त्यस्तो मसिन हो, जसले वरपर के भइरहेको छ भन्ने कुरा कुरा अनुभव गर्छ ।

सोही वातावरण अनुसार के-कस्ता एक्सन लिनुपर्ने भन्ने कुरा निर्धारण गर्नेगर्छ । आर्टिफिसियल इन्टेलिजेन्सका धेरै प्रकार हुन्छन् । एउटा हो मसिन लर्निङ । यसले विशेषतः कम्प्युटरको एल्गोरिदमलाई अध्ययन गरेर र डेटा प्रयोग गरी त्यही अनुसार के कस्ता विषय आवश्यक पर्छन् भन्ने कुरा अनुभवका आधारमा व्यवस्थित गराउँदै लग्ने गर्छ । 

त्यस्तै अर्को हुन्छ डिप लर्निङ । डिप लर्निङमा मसिनलाई एक्सन लिने अनुमति दिइएको हुन्छ । यो त भयो एआईबारे छोटो जानकारी । अब बुझौं फोनमा भएको एआईले के काम गर्छ वा कसरी काम गर्छ भन्नेबारे ।

सामान्य भाषामा भन्नुपर्दा आर्टिफिसियल इन्टेलिजेन्सले मानिहरूले जस्तै धेरै कुरा पहिचान गर्नसक्छ । हाम्रो फोनमा उपलब्ध हुने आर्टिफिसियल इन्टेलिजेन्सले पनि धेरै कुरालाई स्वतः एडजस्ट गरिदिन्छ ।

पहिले प्रयोग गरिएको फोनभन्दा अहिलेका फोनमा आवाजको गुणस्तर बढी देख्न सक्नुहुन्छ । त्यसका पछाडि आर्टिफिसियल इन्टेलिजेन्सको हात छ ।

हामीले केही कुरा बोल्यौँ भने त्यसलाई पहिचान गरी फाेनले त्यही अनुसारको काम गर्छ । यसका पछाडि पनि एआईको हात छ ।

त्यस्तै आर्टिफिसियल इन्टेलिजेन्सले फोनमा नेचुरल ल्याइङ्वेज प्रोसेसिङको सिस्टम छ ।

मान्नुहाेस् तपाईंले विश्वको कुनै एक ठाउँमा बस्ने मान्छेलाई भेट्नुभयो । तर, त्यो मान्छेलाई तपाईंको भाषा बोल्न आउँदैन । एआईले रियल-टाइम (वास्तविक समयमा) तपाईंले बोलेको भाषालाई उसको भाषामा रउसले बोलेको भाषा तपाईंले बुझ्ने भाषामा अनुवाद गर्छ ।

आज हामीले चर्चा गर्न लागेको क्यामेरामा भएको एआई हो । फोनमा भएको एआईले फोटोग्राफी अनुभवलाई धेरै बढावा दिएको छ । फोनमा उपलब्ध हुने सेन्सर र माइक्रनले पनि फोटोको गुणस्तरमा धेरै प्रभाव पार्छ नै, साथै त्यसमा पनि सबैभन्दा बढी हात एआईको हुनेगर्छ ।

त्यस्तै तपाईंले कुनै व्यक्तिको वा आफ्नै पोर्ट्रेट शट लिनुभयो भने त्यसमा तपाईंले कुनै भाग फोकस भएर पछाडिको भाग ब्लर भएको देख्न सक्नुहुन्छ । कतिपय त्यस्ता अवस्था हुन्छन्, जहाँ हामीले फोकस गरेर खिचेका फोटो र ब्याकग्राउन्डमा भएको वस्तु उही रङ्ग वा उही किसिमका जस्तै देखिन्छन् ।

त्यसमा कुनलाई फोकस स्वतः फोकस गर्नुपर्ने हो भन्ने कुरा एआईले निर्धारण गर्नेगर्छ । फोनका माध्यमबाट फोटो खिच्दा धेरै कुराहरू स्वतः एडजस्ट हुनुका पछाडि फोनको सेन्सर, माइक्रन र एआईको भूमिका हुन्छ भन्ने बुझिसकेपछि फोनको क्यामेरामा देखिने एआईको के काम भन्ने लाग्नसक्छ ।

त्यसलाई अन वा अफ राख्दा फोटोमा खासै परिवर्तन देखिँदैन । त्यसका माध्यमबाट तपाईंले केको फोटो खिचिरहनु भएको छ भन्ने कुरा पहिचान गर्न सक्नुहुन्छ । उदाहरणका लागि यदि तपाईंले बादलको फोटो खिच्दा एआईको अप्सन अन गर्नुभएको छ बने तपाईंले एआईको ठाउँमा बादलको आइकन देख्न सक्नुहुन्छ ।

त्यस्तै मानिसको खिच्दा मानिसको आइकन, बोटविरुवाको खिच्दा पातको आइकन, डाँडाको खिच्दा डाँडाको आइकन देख्न सक्नुहुन्छ । यसले धेरै मात्रामा प्रकाश कुन कुराबाट आइरहेको छ भन्ने जानकारी दिनेगर्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६