close

ड्राइभिङ लाइसेन्समा वर्ग थपका लागि अनलाइन आवेदन खुल्यो

टेकपाना टेकपाना

जेठ ३१, २०७९ ७:५६

ड्राइभिङ लाइसेन्समा वर्ग थपका लागि अनलाइन आवेदन खुल्यो

काठमाडौं । सवारी चालक अनुमतिपत्रको वर्ग थपका लागि आवेदन खुलेको छ ।

यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै गएराति ९ बजेदेखि वर्ग थपको लागि अनलाइन आवेदन खुलाएको हो ।

यसका लागि सेवाग्राहीले यो वेबसाइटमा गई वर्ग थप गर्न आवेदन दिनसक्नेछन् ।

दुई पाङ्ग्रे सवारी चालक अनुमतिपत्र पाएकाले हलुका सवारी वा हलुका सवारी चालक अनुमतिपत्र भएकाले ठूलो सवारी चालकको अनुमतिपत्र लिनु परेको खण्डमा वर्ग थपको आवेदन दिनुपर्ने हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६