close

निःशुल्क विद्युतीय चुलो पाउन कसरी दिने आवेदन

टेकपाना टेकपाना

जेठ ३१, २०७९ ८:२७

निःशुल्क विद्युतीय चुलो पाउन कसरी दिने आवेदन

काठमाडौं । सरकारले बाहिरी जिल्लाबाट आएर काठमाडौंमा अध्ययन गर्ने लोपोन्मुख, आदिवासी जनजाति र दलित विद्यार्थीलाई विद्युतीय चुलो (इन्डक्सन चुलो) वितरण गर्ने भएको छ ।

यसका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले निवेदन आह्वान गरेको छ । विद्यार्थीलाई स्तरीकरण गरेर निःशुल्क रुपमा यस्तो चुलो वितरण गर्न लागिएको हाे ।

निःशुल्क विद्युतीय चुलो पाउनका लागि सबैभन्दा पहिले लोपोन्मुख, आदिवासी, जनजाति र दलित समुदायको भएको परिचय खुल्ने कागजको प्रतिलिपि र सिफारिसपत्र तपाईंसँग हुनुपर्छ ।

आज हामी निःशुल्क विद्युतीय चुलोका लागि अनलाइन आवेदन दिन मापदण्ड के छ, कसले आवेदन दिने, कसरी दिने लगायतका विषयमा भिडिओमार्फत जानकारी दिनेछौं ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६